शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – मानव स्वास्थ्यका लागि कागती एकदमै लाभदायी फल हो । जसलाई भिटामिन ‘सी’को भण्डार पनि मानिन्छ । कागतीलाई हामी पानीमा घोलेर, चियामा राखेर, खानासँग सीधै खाने गर्दछौँ । कागती अम्लीय फल भएकाले पाचन प्रणालीलाई मजबुत पार्ने,  शरीरमा भएका विषाक्त चिजलाई बाहिर निकाल्नुका साथै तौल घटाउन एकदमै लाभदायी हुन्छ । यसका विविध फाइदा  निम्नलिखित छन् :

तौल घटाउँछ
कागती र महलाई तातो पानीमा घोलेर खाने गर्नाले भोक कम लाग्छ । कागतीमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले भोक र सुगरको मात्रालाई कम गर्दै शक्ति प्रदान गर्दछ । नियमित रूपमा कागतीपानी प्रयोग गर्नाले खाना कम खाइन्छ । फलस्वरूप तौलमा प्रत्यक्ष प्रभाव पर्दछ ।


रोगप्रतिरोधात्मक क्षमता बढाउँछ

कागतीपानीको नियमित प्रयोग गर्नाले मानव शरीरमा रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दछ । महसँग कागती मिसाएर खाँदा एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसमी रोगबाट बचाउँछ ।
मुटुरोग रोकथाम गर्छ

कागतीमा पाइने घुलनशील फाइबर र लिमोलिनले रक्तचाप कम गर्न मद्दत गर्दछ । यसले रक्तधमनीमा हुने सुजन हुन दिँदैन र मुटुरोगबाट बचाउँछ । यसका साथै कागतीमा प्रशस्त मात्रामा पाइने पोटासियम र म्याग्नेसियमले रक्तसञ्चारमा फाइदा पु-याउँछ ।

क्यान्सरबाट बचाउँछ
कागतीमा पाइने एन्टिअक्सिडेन्ट र फोटोकेमिकल्समा क्यान्सरसँग लड्ने क्षमता हुन्छ । यी तत्वले कोलोन, स्तन, प्रोस्टेट, प्याङ्क्रियाजिटिक, पेट फोक्सो, मिर्गाैला,र रक्त क्यान्सरका कोषहरू
बढ्न दिँदैन ।
खाना पचाउँछ
कागतीको प्रयोगले पाचन क्रियालाई सन्तुलित बनाउँछ । यसले अम्लपित उत्पादन गर्ने हुँदा कलेजोलाई पाचन क्रियामा मद्दत गर्दछ । साथै, शरीरमा हुने विषाक्त पदार्थको उत्सर्जनमा पनि सहयोग गर्दछ ।
अम्लीयपनले शरीरमा क्षार बढाउँछ
कागतीले शरीरमा भएको अम्लीयपनसँग प्रतिक्रिया जनाई क्षार बढाउँछ । किड्नीले सावधानीपूर्वक रगतलाई नियन्त्रण गरी ७.४ बनाउँछ, जुन उच्च हो । कागतीपानीले यसलाई हलुका बनाउन सहयोग गर्दछ ।
मुख गनाउने समस्या समाधान हुन्छ
सरसफाइको कमीका कारण जिब्रोमा बसेको सेतो भागलाई कागती पानीको प्रयोगले सजिलैसँग हटाउन सकिन्छ । यसका साथै मुखमा रहेका ब्याक्टेरिया हटाई मुखलाई स्वस्थ राख्न
मद्दत गर्दछ ।

छालामा चमक ल्याउँछ
कागतीमा पाइने स्वस्थ एसिडले छालामा रहेका मृत कोषहरूलाई हटाउँछ । यसले कोलाजेन निर्माण गर्दछ ।

तपाईको प्रतिक्रिया