शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – गहना सुन वा चाँदीको मात्रै हु्ँदैन । आजभोलि फ्लावर, पर्ल र पेपर गहनाको माग अत्यधिक छ । यस्ता गहनाका धेरै फाइदा छन् । पहिलो यो सस्तो छ । दोस्रो आकर्षक र स्टाइलिस अनि हल्का पनि । अर्थात् यो तपाईंका लागि फ्रेन्ड्ली हुनेछ ।

फ्लावर ज्वेलरी
यस्तो गहना फूल र पातको प्रयोगबाट बनाइन्छ । बिहेमा जाँदा वा अन्य समारोहमा सहभागी हुँदा यस्तो गहनाको प्रयोग गर्ने प्रचलन बढ्दो छ । झुम्का, रानी हार, नेकलेसलगायत शरीरका विभिन्न अंगलाई सजाउन यसको प्रयोग गर्न सकिन्छ । ताजा फूलबाट बनाइएको गहनालाई ३–४ घन्टासम्म प्रयोग गर्न सकिन्छ । यसले तपाईंलाई ताजगीको पनि  महसुस गराउँछ ।

पेपर ज्वेलरी
सुन, चाँदी वा अन्य गहनाबाट एलर्जी हुने महिलाहरूका लागि पेपर ज्वेलरी राम्रो विकल्प हो । कलेज पढ्नेहरूले प्रायः यस्तो गहना लगाउन रुचाउँछन् । यसमा कागजसँगै क्रिस्टल र कुन्दनको प्रयोग गरिएको हुन्छ । यो हल्का हुन्छ ।

पर्ल ज्वेलरी
यसले शाही लुक्स दिन्छ । आजकाल युवतीहरू यस्तो गहनाप्रति आकर्षित हुने गरेका छन् । मणि तथा अन्य विभिन्न पत्थरबाट तयार पारिएको यो ज्वेलरी निकै आकर्षक हुन्छ र सस्तो पनि ।

तपाईको प्रतिक्रिया