बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडाैं – बन्दुकधारीहरूले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् । यो घटनासँगै यस वर्ष अर्थात सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारहरूको संख्या मेक्सिकोमा नौ पुगेको छ ।

मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको आफ्नै घरमा पत्रकारको हत्या भएको उनको पत्रिकाले शुक्रबार जनाएको छ । एल हेराल्डो डे चियापास नामक पत्रिकामा कार्यरत पत्रकार मारियो गोमेजको हत्या भएको हो । ‘उहाँलाई हालै मात्र विभिन्न खालको चेतावनी तथा धम्कीहरू आएका थिए’ उहाँका सहकर्मीहरूले नाम नबताउने शर्तमा भने। पत्रिकाले दिएको जानकारीअनुसार गोमेज याजालोन शहरका सामान्य संवाददाता थिए ।

दुई जना अपरिचित व्यक्तिहरूले उनको हत्या गरेको बताइएको छ । गोली प्रहार भएलगत्तै ३५ वर्षीय गोमेजलाई अस्पताल लगिएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो । ‘हामीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरेका छौँ,’ पत्रिकाको अनलाईन संस्करणमा प्रकाशित सम्पादकीयमा भनिएको छ । सरकरी पक्षले पनि घटनामा संलग्नहरूको खोजी भइरहेको र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया