मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

लाली बुढाथोकीको ‘कालेमा काले’ सालैजो भिडियो 

टोकियो – टोकियो रोधी क्लवको निमन्त्रणामा जापान आएकी लोक तथा दोहोरी गायिका लाली बुढाथोकीलाई शनिबार साँझ एक साँगीतिक समारोहका बिच रोधी क्लवमा स्वागत तथा सम्मान गरिएको छ ।

गायिका बुढाथोकीलाई रोधी क्लवका तर्फबाट सञ्चालकहरु महेन्द्र खड्का, ददिवल खड्का, नरबहादुर थापा, महेन्द्र वानियाँ र तिलक मल्लले स्वागत गर्नुभएको थियो भने मोना जापानका तर्फबाट उपाध्यक्ष देवेन्द्र भण्डारी, सचिव काजी थापा र सदस्य दिपक सापकोटाले खादार्पण गरी स्वागत गर्नुभएको थियो । यसअघि गायिका बुढाथोकीलाई रोधी क्लवका सञ्चालक समेत रहनुभएका मोना जापानका निबर्तमान अध्यक्ष महेन्द्र बानियाँ र मोना जापानका सल्लाहकार गमप्रसाद जुग्जालीले नारिता विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
गायिका बुढाथोकीको बिशेष प्रस्तुती रहने बिशेष साँगीतिक कार्यक्रम आइतवार साँझ रोधी क्लवमा हुने भएको छ । कार्यक्रममा सूर्य खड्का, सोना केसी, बम पुन, लालमति थापा, रामशरण रसाईली, बिमला थापा लगायतका रोधी क्लवका कलाकारहरुले साथ दिने भएका छन् । कार्यक्रम साँझ ८ बजेदेखि हुने बताईएको छ ।

यसैगरी गायिका बुढाथोकीको यहि जुलाई २९ तारिखमा हुन गईरहेको मोना जापान र देउराली पञ्चबाजा समुहको संयुक्त बनभोज कार्यक्रममा पनि साँगीतिक प्रस्तुती रहने भएको छ भने आगामी अगस्त महिनामा मोना जापानको नागोया क्षेत्रीय कमिटीको आयोजनामा अर्को साँगीतिक कार्यक्रम हुने बताईएको छ ।गायिका बुढाथोकीले तिम्रो माया, मार्‍यो नि मायाले मार्‍यो, हितैको माया, कालेमा काले सालैजो, घुमाउदै स्वर, बिसौली धार्नी सालैजो लगायतका सयौं लोक तथा दोहोरी गीतमा स्वर भर्नुभएको छ ।

गायिका लाली साँगीतिक कार्यक्रमको सिलसिलामा बेलायत, बेल्जियम, पोर्चुगल, जर्मन, हल्याण्ड, स्पेन, स्वीजरल्याण्ड, फ्रान्स लगायतका मुलुकहरुमा पुगिसक्नुभएको छ भने हाल पहिलोचोटी जापान आउनुभएको हो । उहांले जापानमा रहनुभएका गीत संगीतप्रेमी नेपालीहरुलाई आइतवारको कार्यक्रममा सांगीतिक भेटका लागि चुले निम्तो गर्नुभएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको कमलादी समन्वय समितिको सहसचिव समेत रहनुभएकी गायिका बुढाथोकी म्याग्दी काठमाडौं कलाकार संघकी उपाध्यक्ष पनि हुनुहुन्छ ।***

तपाईको प्रतिक्रिया