शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । भारतीय संसदको तल्लो सदन लोकसभामा अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुँदा पक्षमा १२६ सांसद तथा विपक्षमा ३२५ सांसदको समर्थन रह्यो ।

सन् २०१४ मा सत्ता सम्हालेयता मोदीविरुद्ध पहिलो पटक संसदमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । ध्वनी मतले फैसला नभएपछि संसदमा मतदान नै गरिएको थियो ।मतदान पूर्व प्रधानमन्त्री मोदीले सदनमा प्रस्तावमाथि चर्चा गर्दै विपक्षीको कडा आलोचना गरेका थिए ।

विपक्षीसँग कुनै मुद्दा नभएपछि मोदी हटाउ मुद्दामा ओर्लेको भन्दै उनको टिप्पणी थियो । उनले बोलिरहँदा तेलूगु देशम पार्टी र अरु विपक्षी दलका सांसदले नाराबाजी गरेका थिए । विपक्षी सांसदहरुले भने मोदीको आलोचना गर्दै उनी विश्वकै उत्कृष्ट अभिनेता रहेको बताएका थिए ।

५४३ सिट रहेको लोकसभामा भाजपा एक्लैको बहुमत रहेको छ । जसको २७२ं सांसद छन् ।

तपाईको प्रतिक्रिया