बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडाैं – दक्षिण कोरियाको एक अदालतले अपदस्थ राष्ट्रपति पार्क गुएन हेलाई थप ८ बर्षको जेलसजाय सुनाएको छ । हाल २४ बर्षको जेलसजायमा रहेकी पार्कविरुद्ध भ्रष्टाचारको नयाँ मुद्दा पुष्टी भएपछि थप ८ बर्षको कारागार सजाय सुनाइएको हो ।

सियोलस्थित अदालतले /पार्कले एक जासस एजेन्सीबाट अवैध रुपमा रकम लिएको अभियोगमा ६ बर्ष र निर्वाचन प्रभावित पार्ने प्रयास गरेको अभियोगमा २ बर्षको जेलसजाय सुनाएको हो ।

यसअघि शक्तिको दुरुपयोग गरेको अभियोगमा गत अप्रिलमा २४ बर्षको जेलसजाय सुनाइएको थियो । दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति बनेकी पार्कले भने आफूविरुद्धका सबै आरोप राजनीति प्रोरित रहेको दाबी गरेकी छन् ।

तपाईको प्रतिक्रिया