बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडा दुई वटा भवन भत्किँदा केही मान्छे थिचिएको आशंका गरिएको छ । अहिलेसम्म भवनले थिचेको अवस्थामा दुई जनाको शव निकालिएको बीबीसीले जनाएको छ ।

ग्रेटर नोएडाको शाह बेरी गाउँमा मंगलबार राति यो घटना घटेको थियो । भत्किएका भवनमा एउटा निर्माणाधीन भवन थियो भने अर्को दुई वर्षअघि निर्माण भैसकेको भवन थियो ।

अहिलेसम्म ती भवनमा कति मान्छे बस्थे भन्ने आधिकारिक जानकारी आएको छैन । उद्धारमा खटिएका अधिकारीले केही मानिसलाई भवनले थिचिएको हुन सक्ने बताएका छन् ।

उद्धार कार्यमा नेसनल डिसास्टर रेस्पोन्स टिम(एनडीआरएफ’ का दुई सय जना उद्धारकर्मी उद्धारमा जुटिरहेका छन् ।

भवन किन भत्कियो भन्ने केही कारण खुलेको छैन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको जाँच गर्न आदेश दिएका छन् । त्यस्तै उप–मुख्यमन्त्री केशवप्रसाद मौर्यले भवन निर्माणमा कुनै कमजोरी भएको भए दोषीमाथि कडा कारबाही हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया