शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको बचाउ गर्नुभएको छ ।

रुसी समकक्षी भ्यादिमिर पुटिनसँगको विशेष भेटवार्ताका क्रममा अमेरिकी गुप्तचर एजेन्सीले विरोधाभास आरोप लगाएको भन्दै खण्डन समेत गर्नुभएको बीबीसीले जनाएको छ ।

फिन्ल्याण्डको हेलसिन्कीमा भएको  शिखर वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले आफू रुससँग सुमधुर सम्बन्ध राख्ने पक्षमा सकारात्मक रहेको बताउनुभएको छ  । राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी पुटिनसँगको प्रत्यक्ष वार्ता दुई देशको सम्बन्ध सुधारका लागि सकारात्मक सुरुवात भएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

यद्यपी वार्ताअघि रुसी राष्ट्रपति पुटिनले द्विदेशीय जटिल मुद्दामा छलफल गर्ने समय आइनसकेको बताउनुभएको थियो । तर वार्तापछि भने उहााको कुनै प्रतिक्रिया आएको छैन ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले  हस्तक्षेप गरेको आरोपपछि दुवै देशबीच तनाव उत्कर्षमा पुगेको हो । यसअघि राष्ट्रपति ट्रम्पले रुससँग सम्बन्ध बिग्रनुमा पूर्व अमेरिकी प्रशासनलाई दाषी ठहर्‍याउनुभएको थियो ।

गत शनिबार अमेरिकाले १२ रुसी गुप्तचरविरुद्ध अभियोग लगाएपछि दुई देशबीच बढेको चिसोपनाबीच पछिल्लो भेटवार्ता भएको हो ।

तपाईको प्रतिक्रिया