बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – रारामार्टको लगानीकर्ता भेटघाट तथा व्यवसायीक छलफल कार्यक्रम टोकियोस्थित सिनओकुवोको सोलमारी हलमा सम्पन्न भएको छ । जापानबाट विश्वव्यापी ब्राण्डका रुपमा ‘ई कमर्श’ कारोबार गर्ने उदेश्यका साथ “लगानी गरौ र साथसाथ अगाडी बढौं” तथा रेफरल र आर्जन विशेष रणनीति” नाराकासाथ लगानीकर्ता भेटघाट तथा व्यवसायीक छलफल कार्यक्रम सम्पन्न भएको हो । नेपाली तथा विदेशी लगानीकर्ताहरुलाई सहभागी गराउदै ‘ई कमर्श’को दुनियामा जापानको हकमा आफ्नो सपिंग प्लेटफर्म धधधध।चबचबmबचत।वउ बाट विक्रेता र क्रेतालाई सेवा प्रदान गर्ने बताएको छ । जापानमा दर्ता भएर क्षेत्रीय कारोबारको रुपमा नेपालमा रारा कर्पाेरेशन प्राली. नामबाट प्रदान सुरु गरेको हो । क्रेता र विक्रेतालाई ईन्टरनेटमा आधारित प्रयोग गर्न सहज प्लेटफर्म तथा समयसापेक्ष तरिकाहरु दिने रारा मार्टका कार्यकारी प्रमुख डा. जीवन अम्गाईले बताउनुभयो । उहाँका अनुसार विश्वबजारमा रहेका ग्लोबल अनलाईन ब्राण्ड सपिंग, व्यापारिक मोडेलमध्ये रारा मार्टको सेवा फरक र समयसापेक्ष हुनेछ । जापानको कोबेमा स्थापना भएको यो ब्राण्डले नेपालमा कारोबार सुरु गरिसकेको छ । जापानमा रहेका प्रवासी नेपालीहरुले पनि रारामार्ट व्यापारिक मोडेलबारे बुझेर लगानी गर्ने ईच्छा देखाएपछि संस्थापक डा. जीवन अम्गाई, डा. भरत नेगी र प्रकाशचन्द्र सापकोटाले कार्यक्रम गर्नु भएको हो । यसमा विभिन्न क्षेत्र र क्षमताका युवाहरु लगानी गर्नु ईच्छुक रहेको बुझिएकोछ ।

नेपालमा सेवा सुरु गरिसकेको यो व्यापारिक मोडेलबाट प्रभावित भई नेपालका ठूला उद्योगपति, व्यापारी, लगानी कर्ता, बैंकर्श, उद्योग तथा वाणिज्य महासंघका पदाधिकारी, पूर्व पदाधिकारी, विज्ञहरुले लगानी गरिसकेका छन् भने लगानी गर्न अन्य क्षेत्रका उद्यमशिल व्यक्तित्व पनि उत्साहित भएको बताईएको छ । २०१७ अगस्तमा जापानमा स्थापना गरेको रारामार्टले नेपालबाट सेवा प्रदान गरेको छ भने निकट भविष्यमै अमेरिका, भारत, कोरिया, मध्यपूर्वका तथा युरोपका देशहरुमा पनि २०२५ सम्म पुग्ने उदेश्य रहेको छ । 

तपाईको प्रतिक्रिया