बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – इरानमा आफ्ना कम्पनीलाई छुट दिन युरोपेली युनियन ईयूले गरेको आग्रह अमेरिकाले अस्विकार गरेको छ ।

अमेरिकाले इरानविरुद्ध कडा प्रतिवन्ध लगाएपनि आफ्नो देशका कम्पनीलाई भने छुट दिन आग्रह गर्दै ईयूले ट्रम्प प्रशासनसँग उच्चस्तरीय आग्रह गरेको थियो । अमेरिकी विदेशमन्त्री माईक पोम्प्योले ईयू आग्रह अस्विकार गर्नुभएको हो ।

इरानविरुद्ध अधिकतम दवाव दिन प्रतिवन्ध लगाईएको भन्दै पोम्प्योले इयूको आग्रहलाई अस्विकार गर्नुभएको हो । अमेरिकी राष्ट्रिय सुरक्षामा फाईदा पुग्ने अवस्थामा मात्रै ट्रम्प प्रशासनले छुट दिने तयारी गरेको बताएको छ ।

इयूले भने अमेरिकी प्रतिवन्धका कारण आफ्ना सदस्य राष्ट्रमा अर्वौ डलर बराबरको व्यापार घाटा हुन सक्ने बताएको छ ।

तपाईको प्रतिक्रिया