बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – कपाल मानिसको सौन्दर्यको प्रतीक मानिन्छ । त्यसैले कपालमा धेरै मानिसको चासो हुन्छ ।

कतिपयले कपाललाई विभिन्न डिजाइनमा काटेर वा रंग्याएर पनि आकर्षक बनाउने प्रयास गरिरहेका हुन्छन् । अनुहार सुन्दर भए पनि कपालमा समस्या देखिए सौन्दर्य नखुल्न सक्छ ।

यसरी सौन्दर्य कायम
–  हेयर ग्रोथका लागि त्यही प्रकारको हेयर ग्रोथ तेल प्रयोग गर्नुपर्छ । यस्तो तेल अर्गानिक हुन आवश्यक हुन्छ । यस्ता तेलको नियमित प्रयोगले कपाललाई प्राकृतिक रूपमा सुन्दर, बलियो, लामो, कालो र मुलायम बनाउँछ ।

–  यसरी कपाल सुन्दर बनाउन कपाललाई पुनः उमार्न आवश्यक हुन्छ । त्यसका लागि लगातार ९३ दिनसम्म तेलको प्रयोग गर्न सकिन्छ ।

–  केस पुनः उमार्ने समयमा पाचन प्रणालीलाई पनि स्वस्थ राख्न आवश्यक हुन्छ ।

कपाल उमार्ने विधि

–  हेयर ग्रोथमा एक–एक चम्चा अदुवाको रस र महको मिश्रण गराउने । यसरी तयार पारिएको मिश्रणलाई राति सुत्ने वेला कपालको जरासम्म पुग्ने गरी करिब १५ मिनेटसम्म मसाज गर्ने ।

–  अर्को दिन बिहान हेयर मास्कमा दहीको पानी मिसाएर लेप बनाई कपालमा लगाउने । यस्तो मास्कलाई ३० मिनेटपछि सफा पानीले सफा गर्ने ।

–  दिनको समयमा टोनिकले हल्का मालिस गर्ने ।

–  पहिलो हप्ता लगातार हेयर ग्रोथको प्रयोग गर्नुपर्छ । त्यसपछि भने एक दिनको ग्यापमा लगाउँदा हुन्छ ।

के खाने ?

–  कपाल ग्रोथका लागि भिटामिन सी र ईयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ ।

–  त्यस्तै फल, भिजाएको गेडागुडी, लौका, हरियो धनियाँ, कागतीलगायतका रस मिसाएर पिउँदा पनि कपाल ग्रोथ हुन्छ ।

अनि कपालमा समस्या

–  पछिल्लो समय बढी प्रयोगमा आएका फास्टफुड, जंकफुडका कारण पाचन प्रणालीमा सीधा असर पु-याउँछ । जसको असर कपालमा पनि पर्न जान्छ ।

–  त्यस्तै, सौन्दर्यका लागि प्रयोग गर्ने विभिन्न प्रकारका कृत्रिम रासायनिक वस्तुको प्रयोगले पनि कपाल झर्ने, फुल्ने र अन्य विभिन्न समस्या देखिन थाल्छ । त्यसैले कपालको सुरक्षाका लागि यस्ता कुराबाट बच्न आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया