शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – इजरायलले गाजा क्षेत्रमा रहेका हमास लडाकुलाई लक्षित गर्दै कारबाही अभियानलाई बढाएको छ । हमास लडाकु विरुद्ध सन् २०१४ अर्था ४ वर्ष पछिकै सबैभन्दा ठूलो आक्रमण गरेको इजरायलले जनाएको छ ।

unn.prixa.net

इजरायली प्रधानमन्त्री बेन्जामिन तेनान्याहुले हमास लडाकु विरुद्ध कारबाही अभियान अझै चल्ने बताएका बीबीसीले जनाएको छ । हमास लडाकुले इजरायलमा ९० भन्दा बढी रकेट आक्रमण गरेपछि आफूहरुले त्यसको जवाफमा आक्रमण अभियान सुरु गरेको उनकाे भनाई छ ।

प्यालेस्टाइनी स्वास्थ्य अधिकारीका अनुसार गाजा शहरमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् । तर प्यालेस्टाइनी अधिकारीले भने गाजामा युद्धविराम गर्ने विषयमा सहमति भएको बताएका छन् ।

इजरायली सेना र हमास लडाकुबिच सन् २०१४ मा ठूलो युद्ध भएको थियो । हमासले गरेको रेकट आक्रमणमा तीनजना इजरायली घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया