शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – १३औँ शताब्दीमा पहिलोपटक संसारमा चिया पत्ता लागेको थियो । चीनका सम्राट सेन नोग बेन काओ जिङले चिया पत्ता लगाएका हुन् । यसको बोटानिकल नाम कामेलिया सिनेन्सिस हो । त्यतिवेलादेखि नै चिया अर्थाेडक्सको रूपमा प्रचलनमा आयो । र, कालान्तरमा व्यापारीकरण हुन पुग्यो । चियाको हरियो पातलाई प्रशोधन गरी सिटिसी चिया बनाउन थालियो । चियामा क्याफिन नामक तत्व पाइन्छ । लामो समयदेखि फरक–फरक प्रकारका चिया प्रचलनमा छन् । सही चियाको प्रयोग गर्न सकेमा यसले शरीर सफा पनि गर्छ ।


ल ग्रिन–टी
बजारमा उपलब्ध चियामध्ये हरियो चिया अर्थात् ग्रिन–टी निकै स्वस्थकर हो । नियमित ग्रिन–टीको प्रयोग गर्दा यसले शरीरमा आन्तरिक सफाइको काम गर्छ । ग्रिन–टीमा १४ प्रकारका एन्टिअक्सिडेन्ट हुन्छ । त्यसैले शरीरका खराब तत्व, फ्री -याडिकल्स, रासायनिक, मृत रक्तकोषिका, खराब कोलेस्ट्रोल, मन्द विषको असर, एन्टिबायोटिक औषधिको साइड इफेक्ट आदिलाई प्राकृतिक रूपमा सफा गर्ने काम गर्छ । ग्रिन–टी उच्च रक्तचाप, मधुमेह, पक्षाघात, हृदयाघात, पार्किन्सन, बे्रन ट्युमर, छारे, छालासम्बन्धी, पेट, नसासम्बन्धी रोगलाई पनि निकै लाभदायक हुन्छ । यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको पनि विकास गर्छ ।

यस्ता अर्गानिक टी सामान्यतया खाना खाएको १ घन्टापछि पिउनु फाइदाजनक हुन्छ । यसले शरीरका अंगहरूको कार्यक्षमता बढाउनुका साथै शरीरमा स्फूर्ति ल्याउँछ ।

 अर्गानिक निटल टी
गाउँघरमा खेर गइरहेको सिस्नुलाई साग र चियाका रूपमा प्रयोग गर्न सकिन्छ । यसमा रोगस“ग लड्ने क्षमता हुन्छ । प्राकृतिक रूपमा संकलन गरिएको सिस्नुले रोग प्रतिरोधात्मक शक्तिका साथै क्यान्सर, आर्थराइटिस, मिर्गौला, मधुमेह, युरिक एसिड, एलर्जी, हाइपरटेन्सन, श्वासप्रश्वास, छालासम्बन्धी समस्या, रक्तश्रावजस्ता समस्या भएका मानिसलाई स्वस्थकर मानिन्छ । यसले शरीरमा आइरन, जिंक, क्याल्सियम आदि तत्वको पूर्ति गर्ने काम गर्छ ।

दिनमा दुईपटक एक गिलास पानीमा एक सानो चम्चा निटल टी मिसाएर पकाई प्रयोग गर्न सकिन्छ । यस्तो चियामा सिस्नु, टिमुर र प्राकृतिक शुद्ध नुनको मिश्रण गरिएको हुन्छ ।

तर, यसको सेवनमा भने ध्यान दिन जरुरी हुन्छ । निकै बढी सेवन गर्दा कतिपयलाई घाँटीमा एलर्जी वा रक्तचाप न्यून पनि हुन सक्छ ।

डेटोक्स–टी
डेटोक्स–टी पनि बजारमा उपलब्ध छ । यसले शरीरमा आवश्यक भिटामिन तथा खनिज तत्व पूर्ति गर्छ र रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसले रासायनिक तत्व, मन्द विष, धातु, एन्टिबायोटिक्स, प्रदूषण आदिको असरबाट बचाउन भूमिका खेल्छ । त्यसैले आन्तरिक सफाइका लागि यस्तो चिया निकै महत्वपूर्ण छ । बाथ, पित्त, कफलाई यसले सन्तुलनमा राख्ने काम गर्छ ।

यस्तो चिया बिहानको समयमा सेवन गर्दा राम्रोस“ग पौष्टिक पदार्थ पाउन सकिन्छ । र, बेलुकी सेवन गर्दा आमाशयलाई सफा गर्छ ।

डेटोक्स टी अमला, हरियो धनियाँ, सिस्नु, हर्रो, बर्रो आदिको मिश्रणबाट तयार पारिएको हुन्छ । तर, गर्भावस्थामा विशेषज्ञको सल्लाहविना यसको सेवन गर्नुहु“दैन ।

 दिव्य अजवाइन रस
दिव्य अजवाइन रसको सेवनले खानालाई राम्रोसँग पचाउन र शरीर तन्दुरुस्त राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसको प्रयोगले शरीरमा ऊर्जा पैदा गर्छ । दिव्य अजवाइन रस खानामा प्रयोग हुने खाद्य एवं मसलाजन्य वस्तुहरूको सम्मिश्रण गरी रसाञ्जन प्रविधिबाट तयार पारिएको हुन्छ । यसले कलेजोको कार्यक्षमतामा वृद्धि गर्ने, मलमूत्र नियमित गराउने, अम्लीयता घटाउने, आमाशयलाई स्वस्थ र सफा राख्नेजस्ता कार्य गर्छ ।

यो पेट दुखिरहने, वायु, गोला, ग्यास्ट्रिक, अमिलो पानी आउने, अपच, पातलो दिसा, वाकवाकी, टाउको दुखाइ, युरिक एसिड, हात खुट्टाका जोर्नी, मेरुदण्ड आदिको दुखाइ, खोकी, कफ, महिनावारीमा हुने समस्या, दम, जन्डिस, निमोनिया आदि समस्याका लागि लाभदायक हुन्छ ।

अजवाइन रसमा दालचिनी, ज्वानो र अमलाको सम्मिश्रण गरिएको हुन्छ । खाना वा खाजा खाएको एक घन्टापछि मनतातो एक गिलास पानीमा १० मिलिलिटर वा तीन बिर्काे अजवाइन रस मिसाएर प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया