शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

तौल घटाउनका लागि खाना छोड्ने होइन बरु खाना खानुपर्छ । तर यसका लागि यो जान्न जरुरी छ कि तपाईंले के खाने ।

आज हामी तपाईंलाई यस्ता खानेकुराबारे जानकारी दिँदै छौं जसको सेवनले तपाईं आफ्नो तौल कम गर्न सक्नुहुन्छ । यहाँ दिइएका खाना खाँदा तपाईंको पेट दिनभरी भरिएको जस्तो महसुस हुन्छ ।

१. ब्रोकोलीः

जब तौल घटनाउने खानेकुराको कुरा आउँछ तब फाइबरको कुरा सबैभन्दा पहिला आउँछ । क्लिभल्याण्ड क्लिनिकका अनुसार महिलाले प्रतिदिन २५ देखि ३० ग्राम फाइबरको सेवन गर्नुपर्छ र यसका लागि तपाईंले ब्रोकोलीलाई साथी बनाउनुपर्छ । तपाईं खानामा ब्रोकोलीको सेवन गरेर आफ्नो तौललाई सजिलै कम गर्न सक्नुहुन्छ । यसले तपाईंको पेट भरिएको महसुस गराउँछ ।

२. च्याउः

यदि तपाईं च्याउको फाइदाबारे अञ्जान हुनुहुन्छ भने यसबारे थाहा पाउने यो सही समय हो । बफेलो विश्वविद्यालयको एक अध्ययन अनुसार च्याउमा पाइने पोर्टेबेलोसले तपाईंको रक्तचापलाई नियन्त्रण गर्न र हर्मोनलाई सन्तुलित गरेरे तपाईंको तौल कम गर्न मद्दत गर्छ । लामो समयसम्म व्यायाम गर्नपनि च्याउले तपाईंलाई सहयोग गर्नसक्छ ।

३. शख्खरखण्डः

शख्खरखण्डमा प्रोटिन, स्टार्च, भिटामिन, मिनरल्स र प्रोटिनको अत्यधिक मात्रा हुन्छ र यसले शरिरलाई अतिरिक्त ऊर्जा प्रदान गर्छ । खाना पचाउनका लागि शरिरमा फाइबर हुनु अत्यावश्यक छ । शख्खरखण्ड फाइबरयुक्त भोजन हो त्यसकारण यो पाचन तन्त्रका लागि पनि राम्रो हो । तौल घटाउन चाहनुहुन्छ भने तपाईं शख्खरखण्डको सेवन गर्न सक्नुहुन्छ ।

४. स्याउः

स्याउको फाइबर पच्ने क्रममा फैलिने गर्छ जसका कारण पेटमा अन्य खाद्य पदार्थका लागि निकै थोरै ठाउँ हुन्छ । स्याउमा क्यालोरी, फ्याट र सोडियमको मात्रा कम र भिटामिन, खनिज र फाइबर भरपुर मात्रामा हुन्छ  । यी सबैले विभिन्न तरिकाले तौल कम गर्न सहयोग गर्छन् ।

५. सिमीः

सिमिमा फाइबर र प्रोटिनको मात्रा भरपुर हुन्छ जुन खाँदा लामो समयसम्म भोक लाग्दैन । यसको सेवनले मांसपेशीको निर्माणमा मद्दत पुग्छ । यदि तपाईं तौल घटाउन चाहुनुहुन्छ भने हरियो सिमी खान सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया