बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – हिँड्ने, सुत्ने र बस्ने तरिकाले हाम्रो स्वास्थ्यमा गहिरो प्रभाव पर्ने गर्छ । बडी पोस्चर सही भएमा कैयौँ प्रकारका रोगबाट टाढा रहन सकिन्छ । लामो समयसम्म गलत पोस्चरमा रहिरहँदा कैयौँ स्वास्थ्य समस्याबाट ग्रसित हुन पुगिन्छ । त्यसैले दैनिकीको अभ्यासबाट आफ्नो बडी पोस्चरलाई तन्दुरुस्त राखी स्वस्थकर जीवन बिताउन सकिन्छ ।

सीधा रहनुस्

सीधा गरी उभिनका लागि पोस्चरलाई सुधार गर्न आवश्यक हुन्छ । हामी कसरी उभिएका छौँ वा चलिरहेका छौँ भन्ने कुरा कैयौँपटक आफैँलाई थाहा नहुन सक्छ ।

यस्तो कुरा बुझ्न साथीको सहयोग पनि लिन सकिन्छ । यसका लागि कुनै खाँबोमा उभिनुस् । त्यसरी नै उभिनका लागि तन्किन वा सीधा रहन आवश्यक हुन्छ ।

उभिएर साथीलाई फरक–फरक तीन तरिकाले फोटो लिन भनी हेर्दा पनि आफ्नो पोस्चरबारे जानकारी हुन्छ । गलत पोस्चरका कारण कार्पल टनल सिन्ड्रोम, स्ट्रेस, अपच, दुखाइ, सुन्निनेलगायतका समस्या हुने गर्छ ।

स्मार्टफोनसँगको दूरी

स्मार्टफोनको जति उपयोग बढाउँछौँ, त्यति नै बढी स्वास्थ्य समस्या निम्तिने गर्छ । लामो समयसम्म गर्दन झुकाएर फोन प्रयोग गर्दा शरीरको पोस्चर बिग्रन जान्छ ।

त्यस्तै, कम्प्युटर स्क्रिनको उचाइमा पनि सजग हुनुपर्छ । गर्दनलाई तल वा माथि बनाउन नपर्ने गरी कम्प्युटर स्क्रिन राख्नुपर्छ । गर्दनको लचिलोपनका लागि दायाँ–बायाँ, तल–माथि वा घुमाएर व्यायाम गरिरहनुपर्छ ।

लामो समय नबस्नुस्

हाम्रो शरीर बसिरहनका लागि नभई काम गर्नका लागि निर्माण भएको हुन्छ । हामी जति बढी बस्ने गर्छौं, शरीर त्यति नै निष्क्रिय भएर जान्छ ।

भलै यसरी बस्दा पनि केही समयको ग्यापमा उठेर चलायमान हुन पनि आवश्यक छ । तपाईंको कुर्सी वा डेस्कको उचाइ हातको समानान्तर राख्नुपर्छ । टाइप गर्दा हातलाई सपोर्टको आवश्यकता पर्छ । पैतालालाई सजगताका साथ भुइँमा राख्नुपर्छ ।

ड्राइभिङ गर्दा

लामो समयसम्म गाडी ड्राइभ गर्ने क्रममा पूरै शरीरलाई झुकाउँदा केही समयका लागि त आराम हुन्छ तर यसो गर्दा शरीरको पोस्चर भने बिग्रने गर्छ । आफ्नो सिटको स्टेयरिङलाई नजिक राख्नुपर्छ । यद्यपि, पिठ्युँमा टावेल बटारेर राख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया