शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – नेपाल विद्यार्थी संघले मूल्य बृद्धि विरुद्ध ७७ वटै जिल्लामा सडक बहस कार्यक्रम गरेको छ । आज आयोजित सडक बहस कार्यक्रम मार्फत नेविसंघले सरकारसँग मूल्य बृद्धि थोरै मात्र घटाउनु भन्दा बढाइएको पुरै महंगी तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

प्रदेश-३ को राजाधानी हेटौंडामा आयोजित बहसलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिं महरले पुरानै मूल्य यथावत राख्न माग गर्नुभयो । महंगी बढाउने काम तत्काल रोकी जनताको सेवामा लाग्न उहाँले सरकारसँग आग्रह गर्नुभयो । उहाँले मूल्य बृद्धि पुरै फिर्ता नभएसम्म आन्दोलनलाई सशसक्त बनाइने बताउनुभयो ।

बहसलाई नेविसंघ महामन्त्री सरोज कुमार थापा, पूर्व सहमहामन्त्री निलकन्ठ रिजाल, नेविसंघका नेता आनन्द रावत लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया