शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं –  महिनावारी महिलाको प्राकृतिक नियम हो । जोसुकै महिलालाई यसको गडबडी हुन सक्छ । सामान्यतया ११–१२ वर्षको उमेरबाट महिनावारी अर्थात् रजस्वला सुरु हुन्छ । र, यो क्रम ४०–४५ वर्षसम्म जारी रहन्छ । यी हुन् महिनावारी गडबडीका कारण :

– खानपान, अव्यवस्थित जीवनशैलीका कारण पनि महिलामा महिनावारी गडबडी हुन सक्छ । कतिपय महिलामा हर्मोनको कमीले महिनावारी असन्तुलन हुने, उमेरअनुुसार पाठेघरको उचित विकास नहुने हुन्छ । त्यस्तै, कसैका लागि वंशानुगत कारणले पनि यस्तो समस्या आउन सक्छ । शरीरको प्रतिरक्षा क्षमता कम हुँदासमेत महिनावारी अनियमितताको समस्या हुन्छ ।

– विशेषगरी १९ देखि ४९ वर्षका महिलामा महिनावारी अनियमितताको समस्या देखिन्छ । कतिपय महिलामा पिरियडका वेला बढी रगत बग्ने, महिनावारी एक्कासि बन्द हुने समस्या देखा पर्छ ।

– पाठेघरमा क्यान्सर, अण्डाशयमा ट्युमरलगायतका कारण पनि महिनावारीमा बढी रगत बग्ने, महिनावारी रोकिने समस्या हुन्छ ।

– पाठेघरको मुखको क्यान्सर थाइराइडजस्ता समस्या भएका महिलामा पनि यस्तो समस्या हुन्छ । कहिलेकाहीँ थाइराइडले महिनावारी सुकाउनेसमेत समस्या निम्त्याउँछ ।

उपचार

– पहिला महिनावारी अनियमितताको कारण पहिचान गर्न आवश्यक हुन्छ । पछिल्लो समय अव्यवस्थित खानाकै कारण महिनावारी गडबडी हुनेको संख्या बढेको पाइन्छ । त्यसैले सन्तुलित खानामा जोड दिन जरुरी हुन्छ ।

– हर्मोनको कमी वा गडबडीले महिनावारी असन्तुलन भएको अवस्थामा हर्मोन सप्लिमेन्ट नै गर्नुपर्ने हुन सक्छ ।

– पाठेघरको मुख नखुल्दा पनि महिनावारीमा गडबडी हुन सक्छ । यस्तो अवस्थामा पाठेघरको मुख खुलाउनुपर्ने हुन्छ । पाठेघरभित्र रगत जमेमा पनि महिनावारी गडबडी हुन्छ ।

तपाईको प्रतिक्रिया