शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो– नेपालबाट अन्तरराष्ट्रिय तेक्वान्डो खेलमा सहभागी हुन जापान आएका खेलाडीहरूलाई बागलुङ समाज जापानले सम्मान तथा बिदाई कार्यक्रम गरेको छ ।
मंगलबार टोकियोमा आयोजित कार्यक्रममा स्वर्ण पदक बिजेता बिबेक श्रेष्ठ र कास्य पदक बिजेताहरू अशोक खड्का, सिद्धार्थ प्रधान, चन्दु शाही,तारजन कायत, युकेस थापा मगर र प्रशिक्षक परशु बोहोरालाई नगद ५० हजार येन सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले खेलाडीहरुले देशको पहिचानका लागि महत्वपूर्ण भूमिका खेलेकोले राज्यले उचित सम्मान र सेवा सुविधा प्रदान गर्नका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा प्रवासी नेपाली मञ्चका कार्यबाहक अध्यक्ष बाबुराम भण्डार, एनआरएनए जापानका प्रबक्ता पर्शु बस्नेत, अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष एवं चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारी , कानागावा कम्युनिटीका अध्यक्ष हरि सापकोटा रूपन्देही समाजका अध्यक्ष पशुपती गिरी, बागलुङ समाजका सल्लाहकार दिपेन्द्र केसी, दोलखा समाज जापानका उपाध्यक्ष गिरबहादुर तामाङ ,आँपचौर समाज जापानका अध्यक्ष महेन्द्र अधिकारी र नेप्लिज तेक्वान्डो एकेडमीका अध्यक्ष अशोक खड्का लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठको अध्यक्षता र राजु केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया