बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं  – नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ को घोषणा गरेको छ ।
प्रतिष्ठानले ४ विद्यामा दिँदै आएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारहरु यस वर्षदेखि दुई वटा विधा थप गरेर ६ वटा विधामा पुरस्कार वितरण गर्न लागेको हो । सङ्गीत, नाट्य, नृत्य, लोक सङ्गीत–नाट्य, परम्परागत तथा शास्त्रीय सङ्गीत र रङ्गमञ्च विधाहरुमा प्रदान गरिने पुरस्कारको राशी जनही १÷१ लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।
यस वर्षको नाट्य विधा तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ बरिष्ठ नाट्यविद् रामावतार यादवलाई प्रदान गरिने भएको छ भने सङ्गीत तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ बरिष्ठ गीतकार कीरण खरेललाई प्रदान गरिने भएको छ ।
यस्तै नृत्य तर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ बरिष्ठ नृत्याङ्गना सुभद्रा अधिकारीलाई  र लोक कलातर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ बरिष्ठ लोक गायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी)लाई प्रदान गरिने भएको छ ।
शास्त्रीय तथा परम्परागत सङ्गीत विधातर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ बरिष्ठ पौराणिक तथा शास्त्रीय वाद्यवादक पुष्परत्न तुलाधरलाई  र रङ्गमञ्च विधातर्फको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ बरिष्ठ नाट्यकर्मी मदनदास श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

तपाईको प्रतिक्रिया