बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – प्रायः मानिसले पायल्सको समस्या लुकाउने प्रयास गर्छन् । यसो गर्दा झन् ठूलो समस्या निम्तिने गर्छ । पायल्स हुँदा दिसासँगै मलद्वारको भित्री भाग पनि बाहिर निस्कने गर्छ । र, दिसापछि उक्त भाग भित्र पस्छ । ‘

समस्या जटिल बन्दै गएमा दिसाको वेला निस्किएको त्यस्तो मासु भित्र नपस्ने हुन्छ ।

यसरी हुन्छ
मलद्वारको भित्री भागमा हुने रक्तनली ठूलो भएपछि पायल्स हुने गर्दछ । दिसा कडा हुँदा रक्तनलीलाई उक्त दिसाले फुटाउने गर्छ र पायल्स हुन्छ । कब्जियतको समस्या हुनेहरू पायल्सको जोखिममा हुन्छन् ।

दिसा रोक्दा पायल्स
लामो समयसम्म दिसा रोक्दा पनि पायल्सको समस्या हुन सक्छ । पायल्स हुनेहरूमा दिसा आएजस्तो हुने तर दिसा बस्दा नआउनेजस्ता समस्या पनि देखा पर्छ । त्यसैले कहिल्यै पनि दिसा रोक्ने बानी गर्नुहुन्न ।

यस्तो बानीले अन्य जटिल शारीरिक समस्या पनि देखिन थाल्छन् । बरु दिसा नआएको अवस्थामा पनि बिहान उठेपछि ट्वाइलेट बस्ने बानीको विकास गर्न जरुरी हुन्छ । यस्तो बानीले व्यवहारमा पनि परिवर्तन ल्याउने गर्छ ।

पायल्सका प्रकार

पायल्सलाई मेडिकल भाषामा हेमोरोइटर्स भन्ने गरिन्छ । मुख्यतया पायल्स तीन चरणका हुन्छन् : पहिलो, दोस्रो र तेस्रो । पहिलो चरण भनेको पायल्सका बिरामीलाई दिसा गर्दा दिसामा रगत देखापर्छ ।

दोस्रो चरण भनेको दिसा गर्दा दिसासँगसँगै केही वस्तु बाहिर आएको जस्तो अनुभव हुन्छ र बाहिर केही वस्तु निस्कन्छ । तर, बाहिर निस्कने र दिसा गरिसकेपछि आफैँ भित्र पस्ने गर्छ । तेस्रो चरण बढी जोखिमपूर्ण मानिन्छ । दिसा गर्दा बाहिर निस्किएको मासु भित्र नपस्ने र बाहिरको बाहिरै रहने हुन्छ ।

  • प्रशस्त पानी पिउने ।
  • हरियो सागपात काँचै खाने ।
  • दैनिक रूपमा फलफूल खाने ।
  • खानासँग मुला, काँक्रो, गाँजर खाने ।
  • नरिवल, अनार, स्याउजस्ता फलफूल अधिक मात्रामा खाने ।
  • हरेक दिन शारीरिक व्यायाम गर्ने ।
  • नियमित रूपमा योग गर्ने ।
  • पायल्स भएका बिरामीले पिरो, चिल्लो तथा मसला बढी भएको माछामासु नखाने ।
  • पायल्स भएको पक्का भयो भने बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, आलु, पुरानो अचार, रेडिमेड खानेकुरा, चिया, कफी, चुरोट, रक्सीजस्ता चिज उपभोग नगर्ने ।
  • पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने ।
  • खानेकुरा खाँदा एकदम कम र हल्का खाने । शरीरले पचाउन सक्ने गरी मात्रै खानुपर्छ ।
तपाईको प्रतिक्रिया