शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – जीवन सधैँ आफूले सोचेजस्तो हुँदैन । उतारचढाव आइरहन्छ । कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि सकारात्मकभन्दा नकारात्मक सोच बढी आउन सक्छ । त्यसैले, नजानिँदो तवरबाट मन नपर्ने दुनियाँमा पनि पुग्न सकिन्छ । यस्तो अवस्थामा भावनात्मक असर गर्छ या भनौँ, इमोसनल पेन हुन्छ । कहिलेकाहीँ यस्तो दुखाइ शारीरिक दुखाइमा पनि देखिन्छ । फरक–फरक भावनात्मक असरका कारण शरीरका फरक–फरक अंगमा दुखाइको अनुभूति हुन्छ ।

टाउको दुखाइ
धेरै तनाव भएको अवस्थामा अत्यधिक रूपमा टाउको दुख्ने गर्छ । यो धेरैलाई थाहा भएको कुरा पनि हो । यस्तो समस्या भएमा जे काम गर्न राम्रो लाग्छ, त्यस्तो काम गर्न सुरु गर्नुपर्छ । यस्तो दुखाइबाट बच्न प्राकृतिक वातावरणमा पनि टहलिन सकिन्छ । साथै, किताब पढ्ने, एक्सरसाइज गर्ने, पेन्टिङजस्ता अन्य गतिविधि गर्दा यस्तो खालको भावनात्मक असरलाई टाढा राख्न सहज हुन्छ ।

गर्धनमा दुखाइ
गर्धनको दुखाइ त्यतिवेला अनुभव हुन्छ, जतिवेला कुनै चिज गुमाइन्छ वा कसैलाई माफ गरेको पश्चात्तापको अनुभूति हुन्छ । यस्तो अवस्थामा संसारमा कोही पनि परफेक्ट हुँदैन भन्ने सोच्नुपर्छ । यो पनि थाहा पाउन जरुरी हुन्छ कि हरेक मान्छेले कुनै न कुनै गल्ती गरिरहन्छन् । आफूलेजस्तै अरूले पनि गल्ती गरिरहेका छन् ।

काँधको दुखाइ
‘इमोसनल ब्लकेजस’बाट गुज्रिरहेको अवस्थामा काँधको दुखाइको अनुभूति हुन्छ । जसले भित्रभित्रै पीडा दिइरहेको हुन्छ । भावनात्मक असरले काँध दुख्ने समस्या हुन्छ । यस्तो अवस्थामा आफ्नो समस्याको कारण पहिचान गर्नुपर्ने हुन्छ । समस्याको पहिचानपछि त्यसलाई समाधान गर्नतर्फ लाग्नुपर्छ ।

पिठ्यूँभन्दा माथिको दुखाइ
कोहीबाट पनि इमोसनल सपोर्ट नमिलेको अवस्थामा पिठ्यूँभन्दा माथिको भाग दुख्ने गर्छ । यस्तो समयमा एक्लोपन, आफैँलाई अप्रिय लाग्ने, अनिच्छाजस्ता महशुस हुन्छ । यस्तो अवस्थामा त्यस्तो मान्छेसँग भेट्ने प्रयास गर्नुपर्छ जो सबैभन्दा निकट छ । सिंगल भएको अवस्थामा समय निकालेर नयाँ मानिससँग भेट्न पनि सकिन्छ ।

पिठ्यूँभन्दा तलको दुखाइ
आर्थिक अवस्थाको चिन्तामा भएको अवस्थामा पिठ्यूँभन्दा तल्लो भाग दुख्ने गर्छ । आर्थिक संकट या पैसासँग जोडिएको मामिला वास्तवमै मनछुने हुन्छ । यस्तो अवस्थामा फाइनान्स कन्ट्रोल गर्न आवश्यक हुन्छ । र, बडो सावधानीसँग म्यानेजमेन्ट गर्नुपर्छ । यसका लागि फाइनान्स एक्सपर्टसँग पनि सल्लाह लिन सकिन्छ ।

कुहिनामा दुखाइ
कुहिनाको दुखाइ भएमा आफ्नो जीवनप्रति निकै कठोर भएको बुझ्नुपर्छ । तर, यस्तो दुखाइको संकेतले के भन्छ भने त्यस्तो समस्या भएको मानिसले बदलाको भावना लिँदैन । यस्तो अवस्थामा समय–समयमा फरक फरक सकारात्मक कुराको अनुभव गर्नुपर्छ ।

हातमा दुखाइ
कसैलाई भेट्न चाहेको, तर नपाएको अवस्थामा हातको पन्जा दुख्ने गर्छ । बाहिर निस्कनु या नयाँ मानिससँग भेट्ने कुरा निकै महत्वपूर्ण हो । यसको मतलब हुँदैन कि पुरानो साथीलाई भुल्दै हुनुहुन्छ । यो जरुरी हुन्छ कि पुरानो सम्बन्धलाई लिएर फेरि जिउनुस् ।

हिपमा दुखाइ
मानिस अगाडि बढ्न डराइरहेको छ भने हिप दुख्ने गर्छ । अगाडि बढ्नु भनेको शारीरिक रूपमा होइन कि जीवनको गतिविधिमा हो । यस्तो अवस्थामा के सम्झन जरुरी हुन्छ भने उचाइ ग्रहणका लागि जोखिम उठाउनुपर्ने हुन्छ । त्यसका लागि कम्फर्ट जोनबाट बाहिर निस्कनुपर्छ ।

तपाईको प्रतिक्रिया