बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – मानव शरीरमा युरिक एसिडको निश्चित मात्रा हुन्छ । तर, त्यो मात्रा बढ्दै गएमा स्वास्थ्यका लागि खतरनाक साबित हुन्छ । यसले शरीरमा विभिन्न सामान्यदेखि जटिल समस्या उत्पन्न गर्छ । युरिक एसिड महिलाभन्दा पुरुषमा बढी देखिने गर्छ । यस्तो अवस्थामा अनावश्यक युरिक एसिडको मात्रालाई शरीरबाट बाहिर निकाल्नुपर्छ । युरिक एसिडको मात्रा बढी भएमा यसले विशेषगरी मिर्गौला र जोर्नीमा असर पार्छ :

शरीरमा युरिक एसिडको मात्र बढ्नुका कारण थुप्रै हुन्छन् । कतिपय मानिसलाई उमेरकै कारण पनि यस्तो समस्या हुने गर्छ । विशेषगरी २० देखि ४० वर्ष उमेर समूहका पुरुषमा यस्तो समस्या बढी मात्रामा देखिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

हाइपरथाइरोजिम, हाइपरपाराथाइरोडिजम, उच्च रक्तचाप, मोटोपनाजस्ता रोग पनि युरिक एसिड बढ्नुका करक हुन् ।

अव्यवस्थित खानापान र अत्यधिक मदिरा सेवनका कारण पनि शरीरमा युरिक एसिडको मात्रा
बढ्ने गर्छ ।

रातो मासुले पनि युरिक एसिड बढाउने गर्छ । माछा, समुद्रमा पाइने खानेकुरा, मदिरा, गेडागुडीलगायतको सेवनले पनि युरिक एसिड बढ्ने गर्छ ।
लक्षण

युरिक एसिड भएको ठाउँमा अत्यधिक दुखाइ हुन्छ । युरिक एसिडग्रसित क्षेत्रको तापक्रम पनि
बढ्ने गर्छ ।

युरिक एसिडको मात्रा बढेमा जोर्नी दुख्ने, छाला सुन्निने, छुँदा पनि दुख्ने, युरिक एसिड भएको ठाउँ रातो हुने, हिँड्न गाह्रो हुनेजस्ता लक्षण
देखा पर्छ ।

यस्ता लक्षण देखिएमा चिकित्सककहाँ जान ढिलाइ गर्नु हुँदैन । रगतको परीक्षणपछि युरिक एसिडको मात्रा कति छ भन्ने पत्ता लाग्छ । यसको लागि किड्नीको परीक्षण र एक्सरे पनि आवश्यक हुन्छ ।
असर
युरिक एसिडले विशेषगरी मिर्गौलामा असर पुर्याउँछ । यसको असर बढ्दै गएमा खुट्टाका औँलामा पनि असर पुग्छ । यसले हाडको स्पेसलाई पनि घटाउँदै लैजान्छ ।

तपाईको प्रतिक्रिया