शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको कार्यसमिति चयनका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको नेतासहित कार्य समिति चयन गर्न चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा श्रेष्ठसहित नवीन्द्रराज जोशी र भीष्मराज आङदेम्बे सदस्य रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।  त्यस्तै कांग्रेसले दलको नेता चयनका लागि फागुन २१ गते बिहान निर्वाचन गर्ने तयारी गरेको छ ।

२० गते उम्मेदवारी मनोनयन र २१ गते बिहान दलको नेतासहित कार्यसमिति निर्वाचन गर्ने तयारी रहेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताउनुभयो ।  संसदको पहिलो बैठक फागुन २१ गते दिउँसो बोलाइएको छ। कांग्रेसभित्र दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह भिड्ने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया