बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं –  पश्चिम र मध्य नेपालका धेरैजसो क्षेत्रमा आइतबार हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पूर्वी नेपालमा भने केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ ।

मौसमविद विभूति पोखरेलले पश्चिमी वायुको प्रभावले देशभरी नै बदली भएको र केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।

‘आज लगभग बदली नै रहने देखिएको छ । एकछिन खुल्ने र फेरि बदली हुने भइरहन्छ,’ पोखरेलले भन्नुभयो, ‘पानी पर्ने सम्भावना पनि देखिएको छ । पानीसँगै हावाहुरी, मेघगर्जनको सम्भावना पनि छ ।’

अहिले पश्चिमतिर प्राय बदलीकै अवस्था छ । यो बिस्तार मध्य हुँदै पूर्वतिर सरिरहेको छ । त्यसैले आज दिनभरी मौसममा बदलीकै अवस्था रहने पोखरेलको भनाइ छ ।

‘पश्चिम र मध्यका केही स्थान र पूर्वका सबै ठाउँमा होइन, पहाडीका थोरै स्थानमा हावाहुरी र पानीको सम्भावना छ ।’

तपाईको प्रतिक्रिया