शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – भोलि सरकार विस्तार गर्ने तयारीमा रहेका नेकपा एमाले र माओवादी केन्द्र मन्त्री छान्ने छलफलमा लागेका छन् ।

आज दुईटै पार्टीले आन्तरिक छलफल गर्दैछन् । आज बेलुकासम्म सबै मन्त्रीको टुंगो लाग्ने र भोलि ३ बजे शपथ गराउने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुईटै दलमा आकांक्षी धेरै देखिएपछि समस्या भएको छ ।

पार्टी एकता कार्यदलले पनि हिजोबाट छलफल सुरु गरेको छ । आज पार्टी एकताका लागि विधान, नीति र नेतृत्वका विषयमा कार्यदलले थप छलफल गर्ने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अब एक महिनाभित्र पार्टी एकता गर्नेगरि कार्यदलले काम सुरु गरेको छ । कार्यदललाई १५ दिनको समय दिइएको छ ।

तपाईको प्रतिक्रिया