शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

बेल्जियम – नेपाली जनसम्पर्क समिती बेल्जियमले नेपालमा बम आक्रमणमा परेकी घाईतेलाई आर्थिक सहयोग गरेको छ । नेपाल बिद्यार्थी संघकी केन्द्रीय सदस्य तथा एक होनाहार युवा नेतृ मीरा कटुवालको गत प्रदेश सभा तथा प्रतिनिधी सभाको निर्वाचनको समयमा चुनावी मैदानमा खटीरहेको बखत अज्ञात समुहको बम प्रहारबाट गम्भीर घाईते भई आफ्नो एउटा महत्वपूर्ण अंग देब्रे खुट्टा नै गुमाउन पुगेकी छन ।

जसका कारण महिला नेतृ मीरा कटुवाल जीवनभर अपांग हुनुपरेको छ, उनको दुखद घटनालाई केहि राहत सहयोग तथा शिक्षा दिक्षा लगायत केही
राहत हुन सकोस भन्ने अभिप्रायका साथ नेपाली जनसम्पर्क समिती बेल्जियमले आर्थिक सहयोग संकलन गरी रु २,०००००। (अक्षेरुपी दुई लाख) गत बिहिवार आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नव निर्वाचित राष्ट्रिय सभा सदस्य सुरेन्द्र पाण्डे, नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको बिशेष उपस्थितिमा हाल नेपालमा रहनुभएका नेपाली जनसम्पर्क समिती बेल्जियमका उल्का घिमिरे, राजेन्द्र पौडेल र बिजय मल्लले घाइते कटुवालाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा आफ्नो खुट्टा गुमाएकी कटुवाल लगायत केन्द्रीय सदस्य द्वय सुरेन्द्र पाण्डे, गुरुराज धिमिरेले नेपाली जनसम्पर्क समिति बेल्जियमलाई बिशेष धन्यवाद दिएका थिए । साथै आफ्नो खुट्टा गुमाएकी घाईते कटुवालको शिघ्र स्वास्थ लाभको कामना गरिएको थियो । स्मरण रहोस नेपाली जनसम्पर्क समिती बेल्जियमले केही महिना पहिला पनि साबिक नवलपरासी जिल्ला हाल नवलपुरको अत्यन्तै बिकट गाउँ (बार्हकोल) जहाँ बाक्लो मगरबस्ती रहेको त्यहाँ खानेपानीको अत्यन्तै अभाव देखिएकोले केही राहत स्वरुप रु १,००००० ( अक्षेरुपी एक लाख) नगद सहयोग गरेको थियो ।***

तपाईको प्रतिक्रिया