शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

वर्लिन – नेकपा एमाले र माओबादी केन्द्रबीच हुन गईरहेको पार्टी एकतालाई जर्मनीस्थित ती दुई राजनैतिक पार्टीका भातृसंगठनहरुले स्वागत तथा सम्मान ब्यक्त गरेका छन् ।

एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) जर्मनी र माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च जर्मनीले संयुक्त विज्ञप्ती जारी गरी पार्टी एकतालाई स्वागत गरेका हुन् ।

विज्ञप्तीमा भनिएको छ – नेपालका दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच भएको चुनावी तालमेल र कार्यगत एकतालाई नेपाली जनताले वहुमत दिएर अनुमोदन गर्दै स्थीर सरकार वनाउने जिम्मेवारी सुम्पिएकोमा सो अनुसार भरपर्दो स्थायी सरकार वनाउनमा दुई कम्युनिष्ट पार्टीहरु अघि बढीरहेको कुरा सवैलाई अवगतनै छ। यसैवीच, रणनैतिक उद्देश्य एउटै भैसकेपछिको अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्ना सिद्धान्त र कार्यनीतिहरुमा रहेका साना तिना मतभेदहरुलाई छलफलमा लगेर आगामी महाधिवेशनसम्म एकिकृत विचार र सिध्दान्तको रुपमा संश्लेषण गर्ने निर्णय गर्दै आम नेपाली जनता र दुवै कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको चाहनाअनुसार पार्टी एकिकरण गर्ने घोषणा गरेका छन् । यस कार्यले नेपाली जनातामा हर्ष थपेको छ र समृध्द नयां नेपालको निर्माण कार्य अघि बढ्ने कुरामा सवैलाई पूर्ण आशावादी वनाएको छ ।

प्रवासी नेपाली मञ्चका अध्यक्ष चन्द्रकान्त आचार्य र नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष शम्भु पोखरेल सागरद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तीमार्फत उनीहरुले नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारहरुको नेतृत्वकर्ता पार्टीहरुवीच हुन गईरहेको यस एकिकरणलाई हार्दिक स्वागत र सम्मान गरेका छन् । साथै उनीहरुले एकिकरणको प्रक्रियामा सहभागी हुने निर्णय गरेको बिज्ञप्ती मार्फत जानकारी गराउंदै प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुलाई बाम एकिकरणको यो अभियानमा सरिक हुन समेत आह्वान गरेका छन । साथै उनीहरुले नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीचको एकिकरणले नेपालका सम्पूर्ण कम्युनिष्टहरुलाई एउटै झण्डा मुनि गोलवन्द गर्ने बिश्वास पनि बिज्ञप्तीमार्फत ब्यक्त गरेका छन् ।
बिज्ञप्तीको पूर्णपाठ :

प्रेश बिज्ञप्तीको पूर्णपाठ : 

तपाईको प्रतिक्रिया