बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

मोगादिशु – सोमालियाको मोगादिशुमा भएका  छुट्टाछुट्टै आत्मघाती बम विष्फोटमा १८ जनाको मृत्यु भएको छ ।

राजधानी मोगादिशुस्थित राष्ट्रपतिको कार्यालय  र गुप्तचर विभाग परिसरमा भएका छुट्छुट्टै आत्मघाती आक्रमणमा दर्जनौं घाईते भएको बीबीसीले जनाएको छ । गुप्तचर विभागको परिसरमा भएको  विष्फोटमा स्थानीय इस्लामिक अतिवादी संगठन अल सवाबले  जिम्मा लिएको छ ।

प्रहरीको जवाफी कारबाहीमा अल सवावका ५ जना लडाकुहरु मारिएको सेनाको दाबी छ । यसअघि हिजो मात्रै आतंकवादी आक्रमणको सम्भावना बढेको भन्दै सोमालियाका रक्षा मन्त्रीले सतर्कता अपनाउन आग्रह गर्नुभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया