शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना सन्देश पठाएका छन् । आज नेपाली समय अनुसार दिउँसो अमेरिकास्थित नेपाली राजदूतावास मार्फत उनले यो सन्देश पठाएका हुन् ।

सन्देशमा नेपालको दिगो विकास र स्थायी सरकारका लागि शुभकामना दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीको कार्याकालमा दुई देशबीचको दुईपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास लिइएको छ। सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताएका छन् ।

म्पको सन्देशमा दुई देशबीचको सम्बन्ध विस्तारका लागि अमेरिका तयार रहेको बताएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । नेपालको सुशासन, स्थिरता र दीगो आर्थिक विकासका लागि सहयोग गर्न अमेरिका तयार रहेको विज्ञप्तिमा भनिएको छ । 

तपाईको प्रतिक्रिया