बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – एमालेले मन्त्री आफ्नो भागमा परेका १० मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दिने निर्णय गरेको छ ।

बालुवाटारमा आज बसेको एमाले स्थायी समितिको बैठले मन्त्री छान्ने जिम्मा ओलीलाई दिने निर्णय गरेको प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार एमालेमो भूगोल तथा सामाजिक सन्तुलन, योग्यता, क्षमता र पार्टीमा गरेको योगदानका आधार मन्त्री छानिने छन् । एमालेमा मन्त्रीका आकांक्षी धेरै भएपछि अध्यक्षलाई छान्ने जिम्मा दिइएको हो ।

त्यस्तै एमालेले गत फागनु सात गते एमाले माओवादीबीच भएको पार्टी एकताको सात बुँदे आधारपत्र अनुमोदन गरेको छ । बैठकले संघीय समाजवादी फोरम र राजपालाई समेत सरकारमा ल्याउन छलफल गर्ने निर्णय गरेको छ । एमालेले पार्टी एकता अन्तिम चरणमा पुगेकाले एमालेका सवै कमिटीका सम्मेलन स्थगित गर्न निर्देशन दिने निर्णय गरेको छ । पार्टी सदस्यता, नविकरण र प्रशिक्षण जस्ता कार्यक्रम भने नरोक्ने एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया