बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं  – के हो हर्निया ?
छालाबाहिर मांसपेशीको थुम्को देखिने या हाम्रो शरीरका केही अंग सतहभन्दा माथि उठ्ने समस्यालाई नै हर्निया भनिन्छ । उदाहरणका लागि पेटको भित्रपट्टिको कमजोर पत्रलाई छेडेर मांसपेशी सतहबाहिर उठ्ने । हर्निया विशेषगरी पेटमा हुने रोग हो । नाइटो र कम्मरआसपासका ठाउँमा पनि यस्तो समस्या हुन्छ । अधिकांश हर्निया सुरुवाती समयमा त्यति खतरनाक लाग्दैन । तर, यसको उपचारचाहिँ जरुर गर्नुपर्छ । नत्र यसबाट बच्न सर्जरीको विकल्प हुँदैन ।

सुरुसुरुमा हर्नियाले लक्षण नदेखाउन पनि सक्छ । या, कहिले बढी र कहिले कम दुखाइको महसुस हुन सक्छ । आराम गरेको समय र दौडिरहेको अवस्थामा दुखाइको अनुभूति हुन्छ । हर्नियाले विकराल रूप लिँदै जाँदा सम्बन्धित क्षेत्रमा रक्तसञ्चार नै रोकिन पुग्छ । जसलाई अंग्रेजीमा ‘स्ट्रेगुलेटेड’ हुनु भनिन्छ । जब हर्निया छालाबाहिर थुम्कोका रूपमा देखिन्छ, त्यसपछि यस्तो समस्या उत्पन्न हुन्छ । जुन समय रक्तसञ्चारमा दबाब सिर्जना हुन्छ । रक्तसञ्चार बन्द हुँदा आवश्यक अक्सिजनको कमी हुन पुग्छ । जुन रगतको माध्यमबाट पुग्ने गर्छ ।

लक्षण
हर्नियाको लक्षण यसको प्रकारअनुसार देखा पर्छ । हर्निया पाँच प्रकारका हुन्छन् । तर, तीन प्रकारका हर्नियालाई विशेष प्रकारले हेरिन्छ । यी हुन् हर्नियाका लक्षण  :

इनगुइनल हर्निया : ग्राोइन अर्थन जहाँ इनगुइनल हर्नियाको विकास हुन्छ, त्यहाँको केही भाग बाहिर निस्कन लागेको महसुस हुन्छ, जुन भाग सुन्निन्छ पनि । जसले गर्ने मानिसलाई जलन हुन्छ । यदि गह्रौँ तौल उठाएका कारण हर्निया भएको हो भनेचाहिँ दुखाइको मात्रा अत्यधिक हुन्छ ।

पेटको टुक्रा ओमेन्टम हर्नियाको गुफामा फसेपछि समस्याले विकराल रूप लिन थाल्छ । यसलाई अंग्रेजीमा इनकारसेरेटेड हर्निया पनि भनिन्छ । यस्तो वेला पेट फुल्न थाल्छ अनि सर्जरीको अवस्था सिर्जना हुन्छ । किनकि, यसकै कारण रगतको आपूर्ति नै रोकिन सुरु हुन्छ । र, हर्निया स्ट्रागुलेटेड हुन थाल्छ । जसका कारण अत्यन्त दुख्नुका साथै बान्ता हुने, ज्वरो आउनेलगायतका लक्षण देखिन्छन् ।

हाइटल हर्निया : हाइटल हर्नियाले सुरुको अवस्थामा त्यति गम्भीर लक्षण देखाउँदैन । जब हर्निया स्लाइडिग हुन्छ तब पेटको पाचन प्रणालीमा समस्या देखिन थाल्छ । गेस्ट्रोसोफेगल रिफ्लक्सका कारण सुत्दा जलन हुने, पेटको माथिल्लो भाग दुख्ने, बान्ता हुने लक्षण देखा पर्छ । त्यस्तै, पेटदेखि घाँटीसम्म एसिड आउने भएकाले घाँटी अमिलो भएको महसुस पनि भइरहन्छ ।

स्पोर्टस् हर्निया : स्पोर्टस् हर्नियाका कारण ग्रोइन या पेट फाट्ने वा असामान्य तनावको अवस्था सिर्जना हुन्छ । हर्निया भएको अंगआसपासको भाग दुख्ने गर्छ । यसले मांसपेशी र लिगामेन्टलाई नरम
पनि बनाउँछ ।

तपाईको प्रतिक्रिया