बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

इलाम – इलाममा विद्यालय सुधार गर्न इलेक्ट्रिक हाजिरी सुरु गरिएको छ । पहिलो चरणमा जिल्लाको सुर्योदय नगरपालिकाले सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत इलेक्ट्रिक हाजिरी सुरु गरिएको होे ।

नगरपालिकाले फिक्कल माध्यमिक विद्यालय फिक्कल, करफोक विद्या मन्दिर करफोक र कृष्णाश्रम माध्यमिक विद्यालय कन्याममा बायोमेट्रिक हाजिरी सिस्टम (थम प्रिन्ट हाजिरी) सुरुवात गरेको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ । पहिलो चरण अन्तर्गत ३ वटा विद्यालयमा सुरु गरिएको हाजिरी बिस्तारै अन्य विद्यालयमा समेत लागु गरिनेछ ।

नगरपालिकामा ६७ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालय रहेका छन् । सामुदायिक विद्यालयमा शिक्षकको हाजिरी नगरप्रमुखको कार्यालयबाट दैनिक रुपमा अनुगमन गरिने नगरपालिकाका प्रमुख रनबहादुर राईले जानकारी दिनुभयो  ।

तपाईको प्रतिक्रिया