बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – सत्तरी मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि आजदेखी सात दिन बन्द हुने भएको छ ।

आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा निरन्तर पहिरो खस्न थालेपछि मर्मतको लागि बिहीबार राति १० बजेबाट सात दिनसम्म बन्द गरिन लागिएको आयोजनाका केन्द्र प्रमुख पशुपतिराज गौतमले जानकारी दिनुभयो । भोलीबाट २४ सै घन्टा ३ वटा सिफ्टमा काम गरेर एकहप्तामा मर्मतको काम सकिने पनि आयोजना प्रमुख गौतमले जानकारी दिनुभयो ।

तर ७० मेगावाटको मध्यमर्स्याङ्दी आयोजना बन्द भएपनि कुलेखानी पहिलो र दोस्रो विद्युतगृह पूर्ण क्षमतामा चलाएर लोडसेडिङ हुन नदिइहने प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । कुलेखानी जलायसयमा पोहोर भन्दा ३ दशमलव ८३ मिटर बढी अर्थात १५ सय २१ दशमलव ९५ मिटर पानी रहेकोले पूर्ण क्षमतामा कुलेखानी चलाइने प्राधिकरणले जनाएको छ ।

कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विजुली उत्पादन गरेर मध्यमर्स्याङ्दी बन्द हुँदा पनि लोडसेडिङ हुन नदिने कार्यकारी निर्देशक घिसिङको भनाई छ । मध्यमर्स्याङ्दी आयोजनाको बाँधमा पोहोरदेखि नै पानीको बहावले क्षति पुर्‍याएपनि पोहोर लोडसेडिङको डरले मर्मत नगरेको तर यो वर्ष पनि मर्मत नगरेमा आयोजना जोखिममा पर्ने भएकाले मर्मत थालिएको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया