शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – हात्तीपाइले रोग निवारणका लागि सरकारले शनिबारदेखि औषधि खुवाउने अभियान सुरु गर्ने भएको छ ।

फागुन १२, १३ र १४ गते २४ जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्जुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा हात्तिपाइले विरुद्धको औषधि वितराण गरिने महाशाखाले बताएको छ ।

हात्तीपाइले रोगका औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग तथा अरु कुनैपनि रोगका सिकिस्त बिरामीले नखान डाक्टरहरुले सुझाव दिका छन् ।

हात्तिपाइले विरुद्धको औषधि खाली पेटमा नखान पनि डाक्टरले सल्लाह दिएका छन् । नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् २००३ देखि सुरु भएको हो ।

तपाईको प्रतिक्रिया