बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – पछिल्लो समय निकै व्यस्त रहनुभएका निर्देशक सिर्जन बराललाई एक पछिको अर्को सफलता मिल्दै गइरहेको छ ।

थुप्रै म्युजिक भिडियोमा निर्देशन गरिसक्नुभएका बराललाई पछिल्लो पटक निर्देशन गरेको मायाको फ्यान बोलको गीतले अझैं माथि पुर्याएको छ । दुर्गेश थापा र आरुसी मगरको अभिनय रहेको यो गीत केही समय अघि मात्र बजारमा आएको हो ।

अहिलेसम्म ६ लाख भन्दा बढीले यो गीतलाई हेरिसकेका छन् । नेपाली चलचित्रका गीत बाहेक यस्ता खालका केही गीतले मात्र कम समयमा यसरी युटुवमा चर्चा कमाउने गरेका छन् ।

भिडियो पनि निकै राम्रो बनेको छ । जुन युटुुवमा आएका प्रतिक्रियामा पनि देख्न सकिन्छ । उसो त पछिल्लो समय धेरै रुचाइएका मोडल दुर्गेश र आरुसीको पनि खुबै चर्चा गरिएको छ । गीतमा बिनोद पाण्डेको शब्द छ भने सुवास काकीको संगीत । गीतमा आवाज भने महेन्द्र शाहीको रहेको छ ।

तपाईको प्रतिक्रिया