शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब सेभियाले इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडलाई बराबरीमा रोकेको छ । स्पेनमा गएराति भएको प्रि क्वाटरफानइनल पहिलो लेगको खेलमा सेभियाले म्यान्चेस्टर युनाईटेडलाई गोलरहित बराबरीमा रोकेको हो ।

खेलमा दुवै टोलीले बनाएका अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो । गएराति भएको अर्को खेलमा युक्रेनको शख्तरले ईटालीको एएस रोमालाई २-१ ले हरायो ।

युक्रेनमा भएको खेलमा घरेलु टोली शख्तरलाई विजयी गराउन फाकुन्डो फरेरा र फ्रेडले एक एक गोल गरे । पाहुना टोली रोमाका लागि सेन्गीज उन्डरले पहिलो गोल गरेका थिए ।

गएरातिका खेलसँगै युरोपियन च्याम्पियन्स लिग फुटबलका प्रि क्वाटरफाईनल पहिलो लेगका खेल सकिएका छन् ।

तपाईको प्रतिक्रिया