मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं – रुस्लान धनगढी प्रिमियर लिग दुईको राजधानीमा खेलाडीको अक्सन सम्पन्न भएको छ । आज सम्पन्न अक्सनबाट प्रतियोगितामा सहभागी ६ टोलीले ७२ खेलाडीलाई टिमसँग अनुबन्ध गरेका छन् ।

आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने प्रतियोगितामा वसन्त रेग्मी, करण केसी, आरिफ सेख र सागर पुन सर्वाधिक महँगा खेलाडी भएका छन् । उनीहरु सबैको समान १ लाख ५० हजारमा बिक्री भएका हुन् । वसन्तलाई विराटनगर किंग्स, करण र आरिफलाई महेन्द्रनगर युनाइटेड र सागर पुनलाई रुपेन्देही च्यालेन्जर्सले खरिद गरेको हो । यस्तै, पृथु बास्कोटालाई विराटनगरले र नरेश बुढाऐरलाई काठमाडौंले समान १ लाख २० हजारमा अक्सनमा भाउ लगाएको थियो ।

विराटनगरले आरिफ सेख, रामनरेश गिरी, सौरभ खनाल तथा दीलिप नाथलाई समान १ लाख रुपैयाँ दिँदै टोलीसँग अनुबन्ध गरेको छ । यस्तै ट्यालेन्ट हन्टबाट आएका सुबोध ऐर २५ हजार तथा अविनाश बोहरा र पुरन बिकेलाई विराटनगरले समान ५० हजारमा अनुबन्ध गरेको छ । सिवाइसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलार्इ समान १ लाख खर्चियो भने सन्दीप जोरालाई ९०, सुवास खकुरेललाई ८०, प्रेम तामांगलाई ५५ हजार तिर्यो ।

काठमाडौं गोल्डन्सले ललित राजबंशी, अमित श्रेष्ठ, किशोर महतोलाई समान १ लाख रुपैयाँमा अनुबन्ध गर्यो भने सन्तोष भट्टलाई ९५, रसिद खानलाई ५५ हजारमा भित्र्यायो । करण र आरिफलाई सर्वाधिक मुल्य तिरेको महेन्द्रनगर युनाइटेडले हरिशंकर साहलाई ९५ हजार, अविनाश कर्णलाई ८० हजार तथा प्रनित थापामगरले ६५ हजार भाउँ लगाउँदै टोलीसँग अनुबन्ध गर्यो ।

रुपेन्दैही च्यालेन्जर्सले सागर पुनलाई सर्वाधिक मूल्य तिर्नुका साथै विक्रम भुषाललाई १ लाख, जितेन्द्र मुखियालाई ९० हजार तथा प्रदिप ऐरीका लागि ८० हजार खर्चियो । यस्तै, टिम चौराहा धनगढीले ललितसिंह भण्डारी, योगेन्द्रसिंह कार्की र सोनु तामांगलाई समान १ लाख खर्चियो भने राजेश पुलामी मगरलाई ८० तथा शंकर रानालाई ५५ हजार रुपैया भाउँ लगाउँदै टोलीसँग आवद्ध गर्यो ।

विस्तृतमा हेर्नुहोसः-

तपाईको प्रतिक्रिया