शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सरकार विस्तारका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो।  बैठकमा सरकार विस्तारको विषयमा छलफल भइरहेको छ।

माओवादीले बुधबार नै सरकारमा जाने निर्णय गरेपछि मन्त्रालयको बाँडफाँडलगायत विषयमा ओली र दाहालबीच छलफल भइरहेको हो। माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने विषयमा धेरै आकांक्षी देखिएका छन्।

त्यसलाई मिलाउन समेत दुई नेताबीच छलफल चलिरहेको छ। दुई नेताको छलफलपछि माओवादीले औपचारिक रुपमा सरकारमा सहभागी हुने मन्त्रीबारे निर्णय गर्नेछ।

गत बिहीबार ओली नेतृत्वको सरकार गठन हुँदा पार्टी एकताको टुंगो नलागेको भन्दै माओवादीले तत्काल सरकारमा नजाने निर्णय गरेको थियो। तर पार्टी एकता निश्चित भएपछि माओवादी सरकारमा जान आतुर देखिएको हो।

तपाईको प्रतिक्रिया