बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

अमेरिका – अमेरिकामा अत्याधुनिक हात–हतियारसम्बन्धी नीति परिमार्जनमा राष्ट्रपति डोनाल्ड ट्रम्प सकारात्मक देखिनुभएको छ । पछिल्लो समय भइरहेका बन्दुक आक्रमणका घटनालाई लिएर चौतर्फी आलोचना भएपछि ट्रम्पले नीति परिवर्तनमा चासो देखाउनुभएको हो ।

राष्ट्रपति ट्रम्पले अत्याधुनिक हतियार प्रयोगमा प्रतिबन्ध लगाउने नीतिमा हस्ताक्षर गरि ह्वाईट हाउसस्थित न्याय विभागलाई कानुन निर्माणमा अघि बढ्न निर्देशन दिएको बीबीसीले उल्लेख गरेको छ ।

नयाँ कानुन निर्माणमा ढिलाई नगर्न उहाँले महान्यायाधीवक्तालाई निर्देशन समेत दिनुभएको छ । गत साता फ्लोरिडामा विद्यालयका एक छात्रले अन्धाधुन्ध गोली चलाएको प्रसङ्ग उल्लेख गर्दै ट्रम्पले बालबालिकालाई थप सुरक्षाको खाँचो रहेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया