बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

हेटौँडा  – मकवानपुरमा जारी तेस्रो हेटौँडा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् ।

पहिलो सेमिफाइनलमा आज विभागीय त्रिभुवन आर्मी र लक्ष्मी हुण्डाई मनाङ र्मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । क्वाटरफाइनलमा आर्मीले सुदुरपश्चिम ११ र मनाङले अर्को विभागीय टोली नेपाल एपिएफलाई हराउँदै सेमिफाईनल यात्रा तय गरेका हुन् ।

सेमिफाइनल भिडन्त हेटौँडा स्थित फरेष्ट्री खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ । आजको विजेताले उपाधीका लागि भोलि हुने दोस्रो सेमिफाइनल बिजेतासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो भएको अन्तिम क्वाटरफाइनलमा रुस्लान थ्रीस्टारलाई १–० ले हराउँदै संकटा क्लबले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको थियो । विजेताले ५ लाख रुपैयाँ हात पार्ने प्रतियोगितामा ८ टोली सहभागी छन् ।

तपाईको प्रतिक्रिया