शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – ललितपुर र काठमाडौंमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

ललितपुरको बालकुमारीमा नम्बर नखुलेको ट्रिपरको ठक्करबाट चितवन कठार–१, घर भएकी काठमाडौंको काँडाघारी बस्ने ३२ वर्षकी सुष्मा लामाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पैदल हिँडेकी लामालाई ट्रिपरले ठक्कर दिएर ज्यान गएको हो । ठक्कर दिएर फरार भएको ट्रिपरको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौंको नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका २६ वर्षका चन्द्रप्रकाश मोक्तानको ज्यान गएको छ । पैदलयात्रुलाई जोगाउने क्रममा गुडिरहेको बसको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका खोटाङमा २२ वर्षका मिलन परियारको ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया