बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाण्डाैं – सत्तारुढ नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भोलिनै मन्त्रीमण्डलले पूर्णता पाउने दावी गर्नु भएको छ ।

सचिव ज्ञवालीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने आधार तय भएसँगै सरकारलाई पूर्णता दिने तयारी भईरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले १५ सदस्यीय मन्त्रीपरिषद बन्ने र त्यो ‘मिसन ओरेन्टेड’ हुने योजना पनि सुनाउनु भयो ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा  सचिव ज्ञवालीले राजनीतिक स्थायित्व कायम गर्ने र आर्थिक विकासलाई तीव्रता दिई मुलुकलाई समृद्ध बनाउने सरकारको मुख्य कार्यभार हुने उल्लेख गर्नु भयो ।

सचिव ज्ञवालीले राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने सम्भावना रहेको पनि बताउनु भयो । राष्ट्रपति र उपराष्ट्रपतिको विषयमा पार्टीले निर्णय नलिएको उल्लेख गर्दै उहाँले दोहोरिने सम्भावना औंल्याउनु भएको हो । सचिव ज्ञवालीले चैत्र पहिलो हप्ता भित्र माओवादी केन्द्रसँग पार्टी एकीकरण भएको औपचारिक घोषणा हुने जानकारी समेत दिनु भयो ।

सचिव ज्ञवालीले एकीकृत पार्टीको महाधिवेशन डेढ वर्ष भित्र गरिसक्ने सहमति भईसकेको पनि स्मरण गराउनु भयो ।

तपाईको प्रतिक्रिया