शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

कास्की  – नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेकै दिन कास्कीमा बम विष्फोट भएको छ । बम विष्फोटमा परि एक प्रहरी र पत्रकार घाइते भएका छन् ।

 

                                                     -बम विस्फाेटमा परि घाइते भएका पत्रकार घनश्याम पाण्डे

कास्कीमा बन्दको प्रभाव आंशिक परे पनि पोखराको नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । बिहानैदेखि सवारीका साधन थोरै मात्रामा चले पनि २ स्थानमा शंकास्पद वस्तु भेटिएको थाहा पाएर नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ लागेको थियो । तर डिस्पोजल टोली पुग्न भन्दा अगाडि नै बिजयपुरमा बम विस्फोट भएको हो ।

बम विस्फोटनमा परि स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा राखिएको छ ।

त्यसअघि नागढुंगामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । पोखरामा बन्दको असर आंशिक रहे पनि विद्यालय, कलेज, कलकारखाना तथा पसलहरु बन्द नै छन् भने पोखरा आउने तथा पोखराबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीका साधनहरु पनि चलेका छैनन् ।

तपाईको प्रतिक्रिया