शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

जनकपुर  – प्रदेश २ मा सरकार र वीरगञ्जका बासिन्दाबीच प्रदेश राजधानीबारे वार्ता भएको छ ।

प्रदेश २ को राजधानी वीरगञ्ज हुनु पर्ने माग गर्दै आन्दोलन थालेका वीरगञ्जका बासिन्दासँग प्रदेश सरकारले मंगलबार वार्ता थालेको हो । प्रदेश २ को अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगञ्जमा आन्दोलन सुरु भएको थियो ।

प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल र आन्दोलनरत वीरगञ्ज संघर्ष समितिकाबीचमा वार्ता भइरहेको छ ।

प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतबाट तोक्ने संंवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया