शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। एमाले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जानेसम्मको तयारी कांग्रेसले थालेको छ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्याका लागि तीन जनाको नाम सिफारिस गरेपछि कांग्रेसले त्यसको विरोध गर्दै अदालत जाने चेतावनी दिएको हो। केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि अन्य तीन जनाको नाम सिफारिस गरेको हो।

राष्ट्रियसभा सदस्याका लागि रामनारायण बिडारी, युवराज खतिवडा र विमला पौडेल राईको नाम सिफारिस गरिएको छ। यसअघि देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो।

कांग्रेस नेता मीन विश्वकर्माले अदालत जाने विषयमा कुराकानी भइरहेको बताउनुभयो।

तपाईको प्रतिक्रिया