मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

टोकियो-जापान सरकारले सन् २०१७ मा २० जना बिदेशीहरुलाई शरणार्थीको मान्यता प्रदान गरेको छ । शरणार्थी मान्यताको लागि गत बर्ष अहिलेसम्मकै सबैभन्दा बढि अर्थात १९ हजार ६२८ जना बिदेशीहरुले निबेदन दर्ता गराएको भएपनि सरकारले भने सन् २०१६ को भन्दा कम संख्यामा मान्यता प्रदान गरेको हो ।

सन् २०१६ मा २८ जना बिदेशीहरुले शरणार्थी मान्यता प्राप्त गरेका थिए । जापानमा शरणार्थीको लागि आवेदन दिने बिदेशीहरुको संख्यामा बृद्धि भएको भएपनि उनीहरुले काम गर्ने प्रमुख उदेश्यका साथ सो आवेदन दिएको सम्बन्धित निकायको अनुमान छ । जसको कारण हालसम्म ब्यवस्था गर्दै आएको आवेदन पछि ६ महिनामा दिइने काम गर्ने अनुमतिमा कडा नीति सरकारले लिएको छ ।
शरणार्थीको लागि अवेदन दिनेको संख्या अघिल्लो बर्षको तुलनामा ८ हजार ७२७ जना बृद्धि भएको छ । राष्ट्रियताको आधारमा हेर्ने हो भने सबैभन्दा बढि फिलिपिनी नागरिकले सो आवेदन दिएका छन् । उक्त संख्या ४ हजार ८९५ जना छ । दोश्रोमा भियतनामी ३ हजार ११६ जना र तेश्रोमा श्रीलंकाली २ हजार २२६ जना रहेको जापानी संचार माध्यमहरुमा प्रकाशित तथ्यांकमा उल्लेख छ । शरणार्थीको लागि आवेदन दिने संख्याको आधारमा नेपाल पांचौं स्थानमा परेको छ । सन् २०१७ मा १ हजार ४५० जना नेपालीले सो आवेदन दिएका थिए ।
शरणार्थीको लागि आवेदन दिनेहरु संख्यामा बृद्धि भएपनि सो मान्यता पाउनेको संख्या भने अघिल्लो बर्षको तुलनामा ८ जना कम रहेको छ । मान्यता पाउनेहरुमा आवेदन दिने संख्याको आधारमा उच्च दशौं स्थानका मुलुकका  जना पनि परेका छैनन् । शरणार्थी मान्यता नदिए पनि मानबिय आधारमा जापानमा बस्न पाउने मान्यता दिएको संख्या ४५ जना रहेको छ ।
पछिल्लो समयमा बिद्यार्थी लगायत अन्य भिसा भएकाहरु शरणार्थीमा आवेदन दिनेको संख्यामा बृद्धि भएपछि सरकारले काम गर्ने उदेश्यका साथ सो आवेदन दिएका र उनीहरु नक्कली शरणार्थी भएको अनुमान गरेको छ । जसका कारण सो सम्बन्धी नीतिमा पनि कडाई गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया