शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – निर्वाचन आयोगले दोस्रो निर्वाचन दिवस आज मनाउदैछ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ मा निर्वाचन भएको दिनको स्मरणमा गत बर्ष देखी आयोगले यो दिवस मनाउन सुरु गरेको हो ।

दिवसको अवसरमा आयोगले आज कान्तिपथस्थित मुख्यालयमा दिउँसो २ बजे बिशेष कार्यक्रमको आयोजना गरेको प्रबक्ता नबराज ढकालले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी सहित संबैधानिक निकायका प्रमुखहरु समेत उपस्थित हुनेछन् ।

लोकतन्त्रको मेरुदण्ड मानिएको निर्वाचन प्रारम्भ भएको ५८ बर्षपछि गतबर्ष आयोगले निर्वाचन दिवस मनाउने घोषणा गरेको थियो । त्यसयता हरेक बर्षको फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने आयोगले जनाएको छ ।

मुलुक संघीयतामा प्रबेश गरेसँगै आयोगले यसैबर्ष तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया समेत सुरु भइसकेको छ । दिवसको पूर्वसन्ध्यामा आयोगले हिजो सरोकारवाला तथा राजनीतिक दलका प्रतिनिधिसँग अन्तरक्रिया समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया