शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
काठमाडौं – प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ ।
कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले उक्त प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रूपमा गर्न सक्ने टेलिकमले जनाएको छ ।
जिएसएम तथा सिडिएमएका ग्राहकले उक्त प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
आजबाट सुरु भएको फ्रिडम प्याक आउँदो फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । एकपटक खरिद गरेको प्याक सकिएपछि अर्कोपटक पनि प्याक खरिद गर्न सकिने टेलिकमको विज्ञप्तीमा उल्लेख छ । तर एकपटकमा एउटा प्याक मात्र खरिद गर्न पाइने छ ।

तपाईको प्रतिक्रिया