शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

‘जबज–माओवाद’ दुवै हटाई महाधिवेशनबाट अन्तिम निर्णय, केन्द्रीय कमिटीको आकार ९९ वा ३४४ सदस्यीय बन्ने, एकता संयोजन समितिमार्फत आज घोषणा हुँदै

काठमाडौं-नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा देखिएको अवरोध हटेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको वान टु वान वार्तामा मार्गदर्शक सिद्धान्तको विषयमा देखिएको विवाद समाधान भएको हो ।

दुई नेताबीच पार्टी एकता मिति घोषणा गर्ने निर्णयसहित दुवै पार्टीले अबलम्बन गरेको मार्गदर्शक सिद्धान्तलाई उल्लेख नगरी महाधिवेशनबाट टुंगो लगाउने सहमति बनेको हो । ओली र दाहालबीच भएको यो सहमतिसँगै अब एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद र माओवाद दुवै उल्लेख नगरी मार्गदर्शक सिद्धान्तको नामंकन गरिने भएको छ । दुई नेताले माक्र्सवाद–लेनिनवाद वा अरू कुनै नामांकन गरी अन्तरिम मार्गदर्शक सिद्धान्त टुंग्याउने सहमति गरेका हुन् ।

‘सबै विवादको समाधान भएको छ, आज एकता संयोजन समितिको बैठकमार्फत पार्टी एकताको मिति घोषणा गर्ने सहमति पनि भएको छ,’ माओवादी अध्यक्ष दाहालको भनाइ उधृत गर्दै खुमलटार स्रोतले  भन्यो । ती नेताकाअनुसार दुई नेताबीचको सहमतिलाई आजकै एकता संयोजन समिति बैठकले अनुमोदन गरी एकताको निर्णय सार्वजनिक गरिनेछ ।

सबै विवादको समाधान भएको छ, आज एकता संयोजन समितिको बैठकमार्फत पार्टी एकताको मिति घोषणा गर्ने सहमति पनि भएको छ,’ माओवादी अध्यक्ष दाहालको भनाइ उधृत गर्दै खुमलटार स्रोतले भन्यो 

गत २ फागुनमा बसेको एकता संयोजन समिति बैठकमा जनताको बहुदलीय जनवाद (जबज) राख्ने कि, माओवाद राख्ने भन्ने विषयमा नेताहरूबीच समान धारणा बन्न नसक्दा रोकिएको थियो । त्यसको भोलिपल्टै बैठक राखेर समाधान खोज्ने भनिए पनि प्रधानमन्त्रीमा नियुक्त भई शपथ र पदभार ग्रहण गर्नुपरेकोले बैठक बस्न सकेको थिएन ।

सो बैठक आइतबार राख्ने तय भए पनि नेताहरूको समय नमिलेका कारण सोमबारसम्म सारिएको हो । मार्गदर्शक सिद्धान्तमै विवाद भएपछि कसरी निकास खोज्ने भन्दै ओली र दाहालले पटकपटक वान टु वान वार्ता गरेका थिए । दुई नेताबीच शनिबार र आइतबारको छलफलमा सबै विवादको समाधान आएको हो ।

‘पार्टी एकतामा विलम्ब नगरी अघि बढ्न अब महाधिवेशनबाट टुंगो लगाउने कुरामा सहमति बनेको छ,’ एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफू निकटसँग भनेका छन् । ओलीले सहमतिको विषयमा आइतबार साँझ एमाले बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य सुवास नेम्बाङ, पोलिटब्युरो सदस्य विष्णु रिमाल सहितका नेतालाई जानकारी गराएका छन् ।

‘ठ्याक्कै नाम किटेर जाने कुरा एकतामा लागि सहयोगी भएन, अहिले संभव भएन, छाड्ने कुरा भयो,’ स्रोतकाअनुसार दाहालसँगको वार्तामा भएको सहमति जानकारी गराउँदै ओलीको भनाइ थियो । दाहालसँगको सहमतिबारे जानकारी गराउन ओलीले सबै नेतालाई आइतबार साँझ बालुवाटार बोलाएका हुन् ।  प्रधानमन्त्री ओली आइतबार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका थिए । स्रोतका अनुसार आइतबार भएको लामो वान टु वान बार्तामा सैद्धान्तिक रूपमा असहमत विषय महाधिवेशनबाट टुंगो लगाउने गरी सहमति भएको हो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सहमतिको विषयमा आइतबार साँझ एमाले बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य सुवास नेम्बाङ, पोलिटब्युरो सदस्य विष्णु रिमाल सहितका नेतालाई जानकारी गराएका छन्

दुई नेताबीच ९९ सदस्यीय वा ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति पनि जुटेको छ । सबै नेताहरूको सहमति रहेमा ९९ सय सदस्यीय केन्द्रीय कमिटी राख्ने, चित्त दुखाएमा ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय दुई नेताबीच भएको जानकारी दिएका छन्,’ एमालेका एक नेताले भने । एमालेको हाल २ सय ६ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । सो संख्यालाई ६० प्रतिशतमा कायम गर्दा माओवादीबाट १ सय ३८ सदस्य थपिने भएकोले ३ सय ४४ सदस्यीय हुने देखिन्छ ।

‘दुवै पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यलाई मनाउनसके ९९ सय सदस्यीय रहन्छ, मनाउन नसके ३ सय ४४ सदस्यीय हुने टुंगो लागेको छ,’ ओलीको भनाइ उधृत गर्दै छलफलमा सहभागी अर्का नेताले भने । ९९ सय सदस्यीय बनेको अवस्थामा एमालेबाट पोलटब्युरो सदस्य मात्रै केन्द्रीय कमिटीमा पर्नेछन् । सहमतिलाई निष्कर्षमा पु¥याउन सोमबार पार्टी एकता संयोजन बैठकमा यी सबै विषयमा थप छलफल गरी एकताको मिति घोषणा गर्ने सहमति दुई नेताले गरेका हुन् । वार्तापछि माओवादी केन्द्रका अध्यक्ष दाहालले अब पार्टी एकता घोषणा गर्न कुनै कुराले छेक्ने वा अवरोध गर्ने अवस्था नरहेको बताए ।

दुई नेताबीच ९९ सदस्यीय वा ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति पनि जुटेको छ । सबै नेताहरूको सहमति रहेमा ९९ सय सदस्यीय केन्द्रीय कमिटी राख्ने, चित्त दुखाएमा ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय दुई नेताबीच भएको जानकारी दिएका छन्,’ एमालेका एक नेताले भने । एमालेको हाल २ सय ६ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । सो संख्यालाई ६० प्रतिशतमा कायम गर्दा माओवादीबाट १ सय ३८ सदस्य थपिने भएकोले ३ सय ४४ सदस्यीय हुने देखिन्छ

‘छलफल सकारात्मक बन्यो, अब एकता टुंगिन्छ,’ दाहालको भनाइ उधृत गर्दै माओवादीका एक नेताले भने । सैद्धान्तिक रूपमा सहमति नभएपछि सरकार गठन हँुदा पनि माओवादी केन्द्रले आफ्नातर्फबाट मन्त्री पठाएको थिएन । विवाद समाधान भएसँगै दुवै नेताबीच सरकारलाई तत्काल पूर्णता दिने विषयमा पनि छलफल भएको छ ।

‘एकता संयोजन समितिको बैठकले पार्टी एकताको मिति घोषणा गरेसँगै माओवादी केन्द्रले पनि आफ्ना तर्फबाट मन्त्रीको नाम सिफारिस गर्नेछ,’ दाहाल निकट स्रोतले भन्यो । एमाले र माओवादीबीच राष्ट्रपति एमाले र सभामुख माओवादीले लिने सहमति पनि बनेको छ ।शान्तिराम कार्कीले आजको जनता टाइम्समा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया