शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना दस दिनसम्म मर्मत सम्भारका लागि पूर्ण रूपमा बन्द गरिनेभएको छ ।

नेपाल विद्युत् प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठका अनुसार यही फागुन १० देखि १७ गतेसम्म ७० मेगावाटको जलविद्युत् आयोजनालाई मर्मत सम्भारका लागि पूर्ण रूपमा बन्द गरिनेभएको छ ।

आयोजनासँग ३५ मेगावाटका दुईवटा मेसिन रहेका छन् । तीमध्ये ३५ मेगावाटको पहिलो युनिट आइतबारबाट बन्द गरिएको छ । प्रमुख श्रेष्ठले भन्नुभयो, पहिलो युनिटलाई त हामीले आजैबाट बन्द गरिसक्यौँ । यो युनिट १८ दिनपछि बाँध क्षेत्रको सम्पूर्ण मर्मत सम्भार सम्पन्न भएपछि मात्र सुचारु हुनेछ ।

पहिलो युनिटको ३५ मेगावाट १८ दिन बन्द हुनेभएको छ भने अर्काे युनिट आगामी १० गतेबाट मात्र बन्द गरिने छ । पहिलो युनिट बन्द गरेको बेला चार दिनसम्म दोस्रो युनिटको ३५ मेगावाट भने सुचारु हुनेभएको छ ।

सुख्खायामको पिकिङआवरका लागि यो आयोजनाको महìवपूर्ण भूमिका रहेको छ । दिनभर पानी जम्मा गरेर साँझ र बिहान पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी लोडसेडिङको समय कम गर्न यो आयोजना कोसेढुङ्गा सावित हुँदै आएको छ ।

प्राधिकरणको राष्ट्रिय प्रसारणबाट १० दिनसम्म ७० मेगावाट कम भएपछि सेवाग्राहीलाई कुलेखानी पहिलो र दोस्रो चलाएर विद्युत् मागलाई व्यवस्थापन गर्ने योजना प्राधिकरणले बनाएको छ । प्रमुख श्रेष्ठले भन्नुभयो, यो अवधिमा ग्राहकलाई विद्युत् आपूर्ति गर्न कुलेखानी चलाएर व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।

कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट उत्पादन क्षमता रहेको छ । यी दुवै विद्युत्गृहबाट आवश्यकता अनुसार उत्पादन गरिँदै आएको छ । पिकिङआवरमा मात्र कुलेखानी चलाएर प्राधिकरणले विद्युत् मागको व्यवस्थापन गर्दै आइरहेको छ ।

हाल कुलेखानी जलाशयमा एक हजार ५२१.९८ मिटर पानी सञ्चित रहेको प्राधिकरणले जनाएको छ । यो वर्ष गत वर्षको भन्दा जलाशयमा कम पानी भएको बताइएको छ । मध्यमस्र्याङ्दी मर्मत सम्भारका रहेका बेला माग व्यवस्थापन गर्न कुलेखानीको जलाशय रित्याउन नहुने तर केही समयका लागि लोडसेडिङ गर्दा उचित हुने विज्ञहरूले बताएका छन् ।

नेपालको विद्युत् प्रणालीमा लोड सेन्टरमा नजिक रहेको कुलेखानी एक मात्र रणनीतिक जलाशययुक्त आयोजना मानिन्छ ।

तपाईको प्रतिक्रिया